7 months ago
April 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ।
दशरथ रंगशालामा आज पोखरा थन्डर्सलाई २-१ गोलले हराउँदै ललितपुर लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।
ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे। दुई उत्कृष्ट टिमबीचको फाइनल अनुमान गरे जस्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्यो।
जहाँ एनएसएलमा अपराजित यात्रालाई ११ खेल सम्म पुर्याउँदै ललितपुरले उपाधि रक्षा गर्यो । तेस्रो संस्करण सकिंदा दुई पटक उपाधि जितेको ललितपुर एनएसएलको सर्वाधिक सफल र ठूलो टोली बनेको छ।
खेलको १४ औं मिनेटमा पापा इबाउ केबेको प्रहार क्रसबार माथिबाट बाहिरियो। खेलको २३ औं मिनेटमा पोखराका सुदिल राईको क्रस ललितपुरका डिफेन्डरलाई लागेर रिबाउन्डमा आएको बललाई कप्तान आयुष घलानले बक्स बाहिरबाट हानेको प्रहारले सही दिशा लिन सकेन्।
२७ औं मिनेटमा पोखरा फेरि चुक्यो। जो आइडोको फ्रि-किकमा स्टेफन समिर बिनोङको पावरफुल सट पोष्ट नजिकैबाट बाहिरियो।
३४ औं मिनेटमा आयुषले दिएको थ्रु-पासमा स्ट्राइकर बिनोङले प्रहार गर्नपर्ने बललाई कन्ट्रोल गर्न खोजे। ललितपुरका कप्तान तथा डिफेन्डर अनन्त तामाङले सो बललाई क्लियर गरिदिए।
पोखराको निरन्तरको प्रयास सफल हुन सकेन् । यता ललितपुरले ४२ औं मिनेटमा अग्रता बनायो। मनोज राईको क्रसलाई होलकिपर प्रिसोले जम्प गरेर पन्च गर्न खोजे। तर उनी सफल नहुँदा इमोह इजाकियलको गोल गरे। पहिलो हाफमा ललितपुरले १-० को अग्रता बनायो।
खेलको ४८ औं मिनेटमा ललितपुरले अग्रता दुगुना गर्ने अवसर गुमायो। इमोह इजिकियलल राईट फ्लयांकबाट दिएको उत्कृष्ट पासमा केरभेनमस बेलफोर्टले छ यार्ड बक्सबाट बललाई राम्ररी कनेक्ट गर्न सकेनन्।
खेलको ६१ औं मिनेटमा इमोहले तीन डिफेन्डरलाई छल्लाउँदै हानेको पावरफुल सट पोष्टमा लागेर फर्कियो।
खेलको ६३ औं मिनेटमा पोखराले खेललाई १-१ को बराबरीमा पुर्यायो पदम भट्टराईको क्रसमा स्टेफन समिरको हेडरलाई ललितपुरका गोल किपर जेफ्री बाल्टसले ब्लक गरे। तर रिबाउन्डमा क्लोज रेन्जबाट गोल गर्न सफल रहे। खेल १-१ को रोमाञ्चक मोडमा पुग्यो।
तर फेरि ललितपुरले अग्रता बनायो। खेलको ७४ औं मिनेटमा पोखराका डिफेन्डरहरूले क्लियर गर्ने नसकेको बलमा इमोहको क्रसमा पापा इबाउले बक्सभित्रबाट सहज गोल गरे।
ललितपुरले २-१ को अग्रता बनायो। पोखरा खेलमा फर्कन नसक्दा २-१ को जितमा ललितपुर विजेता बन्यो। ललितपुरले उपाधिसहित ८० लाख र पोखराले ३० लाख रुपैयाँ पाउनेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]