8 months ago
April 27, 2025
एजेन्सी – इप्स्विच टाउनको प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ।
१० खेलाडीमा सिमित भएको न्युक्यासल युनाइटेडसँग शनिवार ३-० ले पराजित भएसँगै इप्स्विच यो बाट रेलिगेसनमा परेको हो।
बेन जोनसनले पहिलो हाफमै दुई पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए । न्युक्यासलले त्यसको फाइदा उठायो ।
अलेक्जेन्डर इसाकले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। त्यसपछि दोस्रो हाफमा ड्यान बर्न र विकल्प खेलाडी विलियम ओसुलाले हेडमार्फत गोल गरेपछि न्युक्यासलको जित पक्का भयो।
इप्स्विच अब साउथह्याम्प्टन र लेस्टर सिटीसँगै अर्को सिजन च्याम्पियनसिपमा खेल्नेछ।
यो जितसँगै न्यूक्यासल इंग्लिस प्रिमियर लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यद्यपि छैटौं स्थानमा रहेको नटिंघम फरेस्टभन्दा मात्र २ अंकले अगाडि छ । जसको एक खेल कम छ।
इप्स्विच भने तालिकाको १८औं स्थानमा छ । अब वेस्ट ह्याम युनाइटेडलाई भेट्टाउने कुनै गणितीय सम्भावना बाँकी छैन।
प्रिमियर लिगका अन्य खेलमा चेल्सीले एभर्टनलाई १-०, उल्भ्सले लेस्टर सिटीलाई ३-० ले, ब्राइटनले वेस्ट ह्यामलाई ३-२ ले र फुलह्यमले साउथ ह्याम्टनलाई २-१ ले पराजित गर्यो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]