default_image

8 months ago

April 28, 2025

पूर्व अध्यक्ष थापा एन्फा साधारणमा आरसी ३२ को प्रतिनिधि

2162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न साधारण सभामा एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पनि भाग लिने भएका छन् ।

सहिद स्मारक बि डिभिजन लिगमा बढुवा भएको आरसी ३२ को प्रतिनिधिका रुपमा थापाले बैशाख २६ गते हुने साधारण सभामा भाग लिने भएका हुन् ।

यो साधारण सभामा आरसी ३२ ले सी डिभिजन क्लबकै हैसियतमा प्रतिनिधित्व गर्नेछ । थापासँगै सुरेन्द्र बस्नेतलाई पनि आरसी ३२ ले आफ्नो प्रतिनिधि चयन‌ गरेको छ।

एन्फाले उपलब्ध गराएको फारममा आरसी ३२ ले आफ्नो प्रतिनिधिको रुपमा थापा र बस्नेतको नाम उल्लेख गरेको छ।

थापामाथि फिफाले लगाएको १० वर्षे प्रतिबन्ध दुई‌ दाता अघि सकिएको थियो । त्यसपछि आरसी ३२ ले थापालाई आफ्नो कार्यसमितिको सदस्य चयन गरेको बताइएको छ ।

आरसी‌ ३२ ले आफूलाई प्रतिनिधि चयन गरेको पत्र सोमवार सामाजिक सन्जालमार्फत सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘एन्फाका सबै साथीहरूसग २६ गते साधारण सभा मा भेटौँ।’

थापाको प्रतिनिधित्वलाई‌ एन्फाले स्वीकार गर्छ गर्दैन त्यो चासोको बिषय रहनेछ। थापाको प्रतिबन्धित सकिने दिन नजिकिँदै गर्दा एन्फाले चैत ११ र १२ गते भएको बैठकले भने उनीमाथि कारवाहीका लागि सरकारी निकायमा पत्राचार गर्ने निर्णय गरेको थियो।

एन्फाको निर्णयमा भनिएको थियो, ‘पूर्व अध्यक्ष गणेश थापा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तामेलीमा राखिएको आर्थिक अनियमिता संग सम्बन्धित फाईल पुनः अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गर्ने तथा पदको दुरुपयोग गरी घुस वापत तत्कालिन ए.एफ.सी. अध्यक्ष मार्फत लिएको १ एक लाख अमेरीकी डलरको‌ १० बर्षको सावां व्याजसहित हालको दरभाउमा हुने रकम राज्य कोषमा दाखिला गराउन र देशको नामबाट प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय समुदायमा देशको छवी बदनाम गरी घुस लिएको प्रमाणित हुँदा पनि हाल सम्म नेपाल सरकारको कानून बमोजिम राष्ट्रलाई घात हुने अपराध गरेको ठहर भैसक्दा पनि निजलाई कुनै कानुनी कारवाही नभएको हुदा कानुन बमोजिम कारवाहीका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुमा पत्राचार गर्ने र संघको सदाचार समितिलाई पनि आवश्यक कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरियो ।’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.