8 months ago
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा आज च्यासल युथ क्लबले फराकिलो अन्तरको जित निकालेको छ।
नयाँवस्ती युथ क्लबलाई ४-२ गोल अन्तरले हराउँदै च्यासल लिगको तेस्रो स्थानमा उक्लिएको छ।
एन्फा कम्प्लेक्समा आज भएको खेलमा च्यासलले सानदार सुरुवात गर्यो।
२३ औं मिनेट भित्र ३-० को स्पष्ट अग्रता बनायो। १० औं मिनेटमा निरज कार्कीले गोल गरे। १८ औं मिनेटमा नयाँवस्तीका नियमा नागेल तामाङले आत्मघाती गोल गरे। च्यासलले अग्रता दुगुना गर्यो। यसपछि २३ औं मिनेटमा सुबाश बमको गोलमा च्यासलले ३-० को अग्रता बनायो।
३-० ले पछि परेको नयाँवस्तीको लागि २५ औं मिनेटमा पुर्ण बहादुर गुरूङले एक गोल फर्काए। पहिलो हाफ ३-१ को नतिजामा सकियो।
७८ औं मिनेटमा च्यासलको लागि कुशल देउवाले चौथो गोल गरे। नयाँवस्तीका जामिन लक्समले एक गोल गरे। नयाँवस्तीले गोल अन्तर घटाए पनि च्यासल ४-२ को सहज जितकासाथ महत्वपुर्ण ३ अंक जोड्न सफल रहयो।
च्यासलको यो चौथो जित हो। १४ अंक सहित लिगको तेस्रो स्थानमा उक्लन सफल भएको छ। नयाँवस्तीको भने यो पाँचौं हार हो। ८ अंक सहित लिगको दशौं स्थानमा रहेको छ। आजबाट नवौं चरणको खेल सुरु भएको हो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]