8 months ago
April 30, 2025
एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ।
रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो।
रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र आत्मविश्वासी बनेको छ। रियलविरुद्ध १२० मिनेटको कडा भिडन्त पश्चात बार्साका लागि यो खेल बुधबार भएको कारण एक दिनको विश्राम पायो, जसले उनीहरूलाई केही आराम दिएको छ।
इन्टर अहिले खराब लयबाट गुज्रिरहेको छ। १३ वर्षभन्दा बढी समयपछि इन्टरले लगातार तीन खेल गोल नगरी गुमाएको छ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग २-२ को बराबरीपछि इन्टरले सिरी ‘ए’ मा बोलोन्या र रोमासँग तथा इटालियन कपमा एसी मिलानसँग १–० को हार बेहोरेको छ।
त्यसैले इन्टर सिरी ‘ए’ तालिकामा शीर्ष स्थानबाट तल झरेको छ। नयाँ लिग लिडर नापोलीभन्दा ३ अंकले पछाडि परिसकेको छ।
‘यी तीन हारले पीडा दिएको छ, हामी यस्ता पराजयको बानी टिम होइनौं। अब शारीरिक तथा मानसिक रूपमा फर्कन जरुरी छ,’ प्रशिक्षक इन्जाघीले भने।
यी तीनै खेलमा मार्कुस थुराम अनुपस्थित थिए। चोटका कारण बाहिर रहेका थुरामले यो सिजन इन्टरका लागि सबै प्रतियोगितामा १७ गोल र ९ असिस्ट गरेका छन्। तर थुराम प्रशिक्षणमा फर्किएका छन् र उनी आजको खेलमा सुरूवाती टोलीमै देखिन सक्छन्।
हिजो भएको पहिलो सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट-जर्मनले आर्सनललाई १-० ले हराएको थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]