8 months ago
May 1, 2025
एजेन्सी – अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ ।
सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो ।
बुधबारको खेलमा जोर्डी अल्बाले खेलको सुरुवाती समयमा गोल गर्दै खेलमा इन्टर मायमीलाई फर्काएका थिए । तर मिडफिल्डर सबास्टियन बेर्हाल्टरले उत्कृष्ट प्रदर्शन गर्दै १ गोल र २ असिस्ट दिएपछि भान्कुभर जित दर्ता गर्न सफल रह्यो ।
दोस्रो सेमिफाइनलमा मेक्सिकोको क्रुज अजुल र टिग्रेस भिड्नेछन् । फाइनल जुन १ मा हुनेछ ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]