default_image

8 months ago

May 1, 2025

आरसिटी विजयी, १२ औं स्थानमा उक्लियो

362 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको रानी पोखरी कर्नर टिम (आरसिटी) सँग सरस्वती युथ क्लब ४-३ गोल अन्तरले पराजित भएको छ। यो जितमा आरसीटी लिगको १२ औं स्थानमा उक्लिएको छ।

एन्फा कम्प्लेक्समा भएको खेलको ३६ औं मिनेटमा विशेष लामाको गोलमा सरस्वतीले अग्रता बनायो। तर यसको तीन मिनेटपछि नै आरसिटीले खेललाई बराबरीमा पुर्यायो। अजित गुरूङले गोल गरे। पहिलो हाफ एक-एक गोलको बराबरीमा सकियो।

दोस्रो हाफ रोमाञ्चक बन्यो। ५३ औं मिनेटमा सन्देश खत्रीले गोल गर्दै सरस्वतीलाई फेरि अग्रता दिलाए। तर यसपछि ६ मिनेट भित्र आरसीटीले तीन गोल गर्दै अग्रता बनायो‌।

खेलको ६५ औं मिनेटमा प्रज्वल गुरूङले र ६७ औं मिनेटमा साजन पाख्रिनले एक-एक गोल गर्दा ३-२ को अग्रता बनायो। यसपछि ७० औं मिनेटमा प्रज्वलले व्यक्तिगत दोस्रो गोल गरे।

इन्जुरी समयको छैटौं मिनेटमा नरेश कुमार खत्रीले सरस्वतीको लागि एक गोल फर्काए पनि आरसीटी सरस्वतीलाई ४-३ ले माथ दिन सफल रहयो‌।

९ खेलबाट ८ अंक जोड्दै आरसिटी १२ औं स्थानमा उक्लिएको छ। पराजित सरस्वती युथ क्लब ६ अंकका साथ लिगको पुछारमा तल झरेको छ‌।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.