7 months ago
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लब जित हात पारेको छ।
आज बाँसबारी क्लब विरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै टुसाल लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । ६७ औं मिनेटमा बिक्की राईले टुसाललाई अग्रता दिलाए। कोमल बहादुर खवासको कर्नरमा बिक्कीको हेडरले सही दिशा लियो।
बाँसबारी खेलमा फर्कन सकेन। बिक्कीको गोल नै निर्णायक बन्यो। टुसाल १-० को जितका साथ महत्वपूर्ण ३ अंक जोड्न सफल रहयो।
९ खेलबाट टुसालले १५ अंक जोडेको छ। टुसालसँग भने मात्र ७ अंक रहेको छ। आजै भएको पहिलो खेलमा रानी पोखरी कर्नर टिम आरसिटीले सरस्वती युथ क्लबलाई रोमाञ्चक प्रतिस्पर्धामा ४-३ ले हराएको थियो।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]