8 months ago
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ।
पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ।
ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ।
शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो।
विलियम्सले राम्रो पोजिसनबाट गरेको हेडर बाहिरियो। त्यस्तै एलेक्स बेरेन्गुएरको प्रहारलाई भिक्टर लिन्डेलोफले गोललाइनमा रोके ।
तर ३०औं मिनेटमा खेल नाटकीय रुपमा युनाइटेडको पक्षमा मोडियो । जब ह्यारी म्याग्वायरले दायाँपट्टिबाट केही राम्रो कौशल देखाउँदै क्रस गरे र त्यो कासेमिरोले हेड गरेर गोलमा परिणत गरे।
त्यसको ७ मिनेटपछि भिएआरको समीक्षा पछि रास्मुस होइलुनमाथि ड्यानी भिभियनले गरेको फउलका लागि युनाइटेडलाई पेनाल्टी दिइयो ।
भिभियन रातो कार्ड पाए। कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टी सहज रूपमा गोलमा परिणत गरे र अग्रता दोब्बर बन्यो ।
४५ औं मिनेटमा म्यानुएल उगार्टेले दिएको पासमा फर्नान्डेजले अर्को गोल गरेपछि युनाइटेड पहिलो हाफमा ३-० ले अघि बढ्यो।
रुबेन अमोरिमको टोली दोस्रो हाफमा पनि दबाब बनायो । कासेमिरोको हेडर कर्नरबाट पोस्टकोमा लागेर बाहिरियो । एथ्लेटिकलाई ३ गोलको घाटा चुनौतीपूर्ण हुनेछ। दोस्रो लेग बिहीवार ओल्ड ट्राफोर्डमा हुनेछ ।
टोटनह्यामले अर्को सेमिफाइनल पहिलो लेगमा बोडो/ग्लिम्टलाई ३–१ ले पराजित गरेका छ। यसले इंग्लिस युरोपा लिग फाइनलको सम्भावना बलियो देखिन्छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]