default_image

8 months ago

May 2, 2025

युरोपा लिगमा टोटेनहमलाई सफलता

674 views

0 Bookmark

एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ ।

नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ ।

एन्ज पोस्टेकोग्लुको टोलीले खेल सुरु भएको ३८ सेकेन्डमै खेलमा अग्रता बनायो । रिचार्लिसनको हेडरमा ब्रेन्नन जोनसनले गोल गरे । पेड्रो पोर्रोको लामो पासलाई उत्कृष्ट रूपमा नियन्त्रण लिदै जेम्स म्याडिसनले बललाई कुनामा पुर्‍याएर अग्रता दोब्बर बनाए।

क्रिस्टियन रोमेरोलाई फउल गरेपछि डोमिनिक सोलाङ्केले पेनाल्टी गोल गर्दै टोटनहमलाई ३–० को अग्रता दिलाए । बोडो/ग्लिम्टले पछिल्ला दिनहरूमा आफ्नो तीव्र खेलशैलीका कारण चर्चा पाएका छन् । तर टोटेनहमसँग दबाबमा थियो ।

८३ औं मिनेटमा उर्लिक साल्टनेसले गोल गर्दै झिनो आशा दिलाएका छन् । खेलभरमा ग्लिम्टको एक मात्र टार्गेटमा त्यही प्रहार थियो । गोल गर्ने म्याडिसन र सोलाङ्के दुवै दोस्रो हाफमा चोटग्रस्त भएर बाहिरिनु टोटेनहमका लागि चुनौतीको विषय बनेको छ।

आर्कटिक सर्कलमा हुने दोस्रो लेग सजिलो हुने छैन । किनकि ग्लिम्टले यो सिजनमा पोर्टो, बेसिकटास, ओलिम्पियाकोस र लाजियोलाई घरेलु मैदानमा हराइसकेको छ ।

२०२२–२३ सिजनदेखि युरोपा लिगमा ग्लिम्टको घरेलु जित दर ७० प्रतिशत छ । अवे खेलमा भने त्यो दर मात्र ९ प्रतिशत मात्र छ।

अर्को सेमीफाइनल पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले एथ्लेटिक क्लबलाई ३–० ले हराएको छ। यसले बिलबाओमा इङ्लिस टोलीबिच फाइनल हुने सम्भावना बलियो देखिएको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.