7 months ago
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर
हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ ।
हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो ।
निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो हाफको १० औं मिनेटमा र मकवानपुरकी सजिना स्याङ्तनले दोस्रो हाफको अतिरिक्त समयको ६३ औं मिनेटमा गोल गरिन्। खेल ढिलो सुरु हुन पुगेपछि ६० मिनेटको खेल खेलाइएको हो ।

टाइब्रेकरमा चितवनको लागि भावना क्षेत्री, अस्मिता चौधरी, सुशिला भुजेल, चण्डिका राना र सिर्जना अधिकारीले गोल गरिन्।
मकवानपुरको लागि टाइब्रेकरमा सजिना कोइराला, सजिना स्याङ्तन र सुनिता भुलनले गोल गरिन् भने अनु राईको प्रहार बाहिरियो । खेलको प्लेयर अफ द म्याच चितवनकी अनिता गुरुङ घोषित भइन्। उनले १० हजार रुपैयाँ प्राप्त गरिन्।
जितसँगै चितवन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने आयोजक मकवानपुर बाहिरिएको छ । अब चितवनले फाइनल प्रवेशका लागि बैशाख २३ गते नेपाल पुलिस क्लब र रौतहटबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सरु भएको प्रतियोगिताको शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले उद्घाटन गर्नुभयो ।
बैशाख २५ गतेसम्म चल्ने प्रतियोगितामा पुलिस, एपीएफ, संकटा र पाँचवटा जिल्ला क्लबहरूले सहभागिता रहको छ। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

November 17, 2025
एजेन्सी – नर्वे फिफा विश्वकपका लागि छनोट भएको छ। नर्वेले २८ वर्षपछि विश्व कप खेल्ने भएको छ। एर्लिङ हालान्डले २ मिनेटको फरकमा २ गोल गरेपछि आइतवार इटालीलाई ४-१ ले हराउँदै नर्वेले विश्वकप स्थान पक्का गर्यो। नर्वेले बिहीवार एस्टोनियालाई हराएपछि विश्व कप छनोट लगभग पक्का गरेको थियो। इटालीले छनोट हुन नर्वेलालाई ९ गोलले जित्नुपर्ने बाध्यता थियो। […]
November 16, 2025
एजेन्सी – पोर्चुगल आर्मेनियालाई ९-१ ले हराउँदै २०२६ को विश्व कप फुटबलको लागि भएको छ। पोर्चुगलका ब्रुनो फर्नान्डेस र जोआओ नेभेस दुवैले ह्याट्रिक गरे। अघिल्लो खेलमा आयरल्यान्डसँग पराजित भएपछि पोर्चुगललाई विश्व कप छनोट हुनका लागि आजको खेलमा जित्नै पर्ने थियो । आयरल्यान्डसँगको खेलमा रातो कार्डको सामना गरेका क्रिस्टियानो रोनाल्डो आजको खेलमा खेल्न पाएनन्। खेलको सुरुवातमै […]
November 16, 2025
रविन्द्र वाईबा , हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। हेटौंडाको गौरीटार रंगशालामा आज भएको सेमिफाइनल खेलमा जित निकाल्दै समूह चरणमा एकै समूहमा रहेका लालीगुराँस र चित्लाङले एकअर्कासँगको भेट पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा लालीगुराँसले सुर्खेतको कार्केविहार युथ क्लबलाई २-० ले हरायो । लालीगुराँसका […]