8 months ago
May 3, 2025
रविन्द्र वाईबा, हेटौंडा
संकटा क्लबले मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा सहज जित निकालेको छ ।
हेटौंडा-६ स्थित गौरीटार रंगशालामा शनिवार भएको खेलमा सिमराको नवजनजागृती युवा क्लबलाई ६-१ गोलले हराउँदै संकटाले सेमिफाइनलको यात्रा तय गरेको छ।
संकटालाई जित दिलाउन ममता पुन मगरले उत्कृष्ट प्रदर्शन गरिन् । उनले व्यक्तिगत ५ गोल गरिन् । उनले खेलको पहिलो हाफको नवौं, २१ औं, ३५ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् ।
ममताले दोस्रो हाफको २७ औं र ८४ औं मिनेट गोल गरिन् । योसँगै ममता प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनिन् ।
संकटाका लागि अर्को एक गोल जेनिफर राना मगरले खेलको पहिलो हाफको १३ औं मिनेटमा गोल गरिन् । सिमराकी रोजिना लामाले खेलको ७९ औं मिनेटमा एक गोल फर्काइन् ।
५ गोल गरेकी संकटाकी ममता प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन्।
अब संकटाले एपिएफ र वीरगंज युथ स्पोर्ट्सबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ।
प्रतियोगितामा आइतवार नेपाल पुलिस क्लब र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]