8 months ago
May 3, 2025
बट्टार /नुवाकोट (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै एपिएफले लगातार दोस्रो साता उपाधि जितेको हो। गत साता नेपालगन्जमा भएको लुम्बिनी कपको फाइनलमा पनि एपिएफले पुलिसलाई हराएको थियो।
बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको फुटबल मैदानमा भएको खेलको इन्ज्युरी समयमा अनिता केसीले गरेको गोलमा एपिएफ च्याम्पियन बनेको हो।

इन्ज्युरी समयको छैटौं मिनेटमा कप्तान अनिता बस्नेतको कर्नरमा अनिता केसीले हेडमा गोल गरिन् ।
पछिल्लो पछिल्लो ४ महिनामा एपिएफले एन्फा लिगसहित ५ वटा उपाधि जितेको छ। लिग पछि इलाम र चितवनमा पनि एपिएफ च्याम्पियन बनेको थियो।
मुख्यमन्त्री कपको एपिएफले उपाधिसहित ५ लाख र पुलिसले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघ सहयोगमा प्रतियोगिता बैशाख १३ गते सुरु भएको थियो।

बागमती प्रदेश खेलकुद परिषदले मुख्य संरक्षक र विदुर नगरपालिका संरक्षक प्रतियोगितामा ३ विभागीय टोलीसहित ८ टोलीको सहभागिता थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]