8 months ago
May 3, 2025
बट्टार/नुवाकोट (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबकी रेनुका नगरकोटे बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्।
विजेता टोलीकी रनुकाले १५ हजार रुपैयाँ प्राप्त गरिन् ।३ गोलसहित एपिएफकी अनिता केसीले सर्वाधिक गोलकर्ताको अवार्ड जितिन् । व्यक्तिगत अवार्डमा एपिएफको वर्चस्व रहँदा अन्जना राना मगर उत्कृष्ट गोलकिपर घोषित भइन्।
एपिएफलाई उपाधि दिलाएका जिवेश पाण्डे उत्कृष्ट प्रशिक्षक चुनिए। दोस्रो भएको नेपाल पुलिस क्लबकी साहारा लिम्बु उदयीमान खेलाडी बनिन्। उनीहरू सबैलाई जनही १० हजार रुपैयाँ प्राप्त गरे ।
आज भएको फाइनलमा पुलिसलाई १-० ले हराउँदै एपिएफले उपाधि जितेको थियो। लगातार दोस्रो सातामा एपिएफको यो दोस्रो उपाधि हो। वैशाख १२ गते नेपालगन्जमा भएको लुम्बिनी कपमाको फाइनलमा पनि एपिएफले पुलिसलाई हराएको थियो।
पछिल्लो ४ महिनामा एपिएफले एन्फा लिग सहित ५ वटा उपाधि जितेको छ। लिग पछि इलाम र चितवनमा पनि एपिएफ च्याम्पियन बनेको थियो।
नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघ सहयोगमा प्रतियोगिता बैशाख १३ गते सुरु भएको थियो।
बागमती प्रदेश खेलकुद परिषदले मुख्य संरक्षक र विदुर नगरपालिका संरक्षक प्रतियोगितामा ३ विभागीय टोलीसहित ८ टोलीको सहभागिता थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]