7 months ago
May 3, 2025
एजेन्सी – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
केभिन डि ब्रुइनको ३५औँ मिनेटमा गरेको गोल निर्णायक सावित हुँदा सिटीले शनिवार वल्भ्समाथि १–० को जित निकाल्यो ।
क्लबमा आफ्नो अन्तिम घरेलु खेलहरूमध्ये एकमा डि ब्रुइनले जेरेमी डोकुको पासमा गोल गर्दै वल्भ्सको लगातार ६ खेलको जितको श्रृंखला तोडे।
रायन एइट-नुरी र म्याथेउस कुञ्हाले पोष्टमा प्रहार गर्दै वल्भ्सले खतरनाक खेल प्रदर्शन गरे तापनि, दोस्रो हाफमा उनीहरूको आक्रमण कमजोर भयो र बराबरी गर्न सकेन।
यो जितसँगै ६४ अंक पुर्याएको सिटी न्यूक्यासल भन्दा २ अंक र चेल्सी तथा नटिंघम फरेस्ट भन्दा ४ अंकले अगाडि पुगेको छ ।
प्रिमियर लिगका अन्य खेलमा लेस्टर सिटीले साउथ ह्याम्टनलाई २-० ले, एस्टन भिल्लाले फुलहमलाई १-० ले हरायो। एभर्टन र इप्स्विचले २-२ को बराबरी खेले ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]