default_image

8 months ago

May 4, 2025

बार्सिलोनाको जित

1189 views

0 Bookmark

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पुन:७ अंकले पछि परेको छ।

रियल भालाडोलिडलाई शनिवार २-१ ले हराउँदै बार्सिलोनाले रियलसँगको अग्रता बढाएको हो।
बार्सिलोनाले पछि परेको खेल उल्टाएको हो ।

इभान सान्चेजले छैंटौं मिनेटमा एस्टाडियो होसे जोरिल्लामा भालाडोलिडलाई आश्चर्यजनक अग्रता दिलाएका थिए।

परिवर्तित खेलाडी राफिन्हा र फर्मिन लोपेजले दोस्रो हाफमा छ मिनेटको अन्तरमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । राफिन्हाले ५४ र लोपेजले ६० औं मिनेटमा गोल गरेका हुन्।

हान्सी फ्लिकले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानसँग ३-३ को बराबरी खेलेको टोलीबाट ९ खेलाडी परिवर्तन गरेका थिए । उनको ध्यान मंगलबार इटालीमा हुने दोस्रो लेगमा केन्द्रित थियो।

बार्सिलोना अहिले लिगका लगातार १५ खेलमा अपराजित छ । जसमा १३ खेल जितेको छ। रेलिगेसनमा परिसकेको भालाडोलिडविरुद्ध पछिल्ला १९ मध्ये १७ खेल बार्सिलोनाले‌ जितेको छ।

बार्सिलोनाको ३४ खेलमा ७९ अंक पुगेको छ। एक खेल कम खेलेको रियलले आज सेल्टा भिगोसँग खेल्नेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.