8 months ago
May 4, 2025
एजेन्सी – एएफसी बोर्नमाउथले शनिवार आर्सनललाई २-१ को पराजित गर्दै युरोपियन प्रतियोगिताको आशालाई जीवित राखेको छ। एमिरेट्स स्टेडियममा बोर्नमाउथले पहिलो पटक अंक बटुलेको हो।
बुधवार पेरिस सेन्ट-जर्मेनविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगको तयारी आर्सनलका लागि योजना अनुसार अघि बढेन । किनभने उनीहरूले घरेलु मैदानमा फेरि निराशाजनक नतिजा भोग्नुपर्यो।
३४औं मिनेटमा मार्टिन ओडेगार्डको उत्कृष्ट पासपछि डेक्लान राइसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। तर प्रिमियर लिगमा पछिल्लो खेलमा क्रिस्टल प्यालेससँगको २-२ बराबरी जस्तै यो खेलमा पनि दोस्रो हाफमा अग्रता गुमाए।
६७औं मिनेटमा बोर्नमाउथका लागि डिन हुस्जेनले एन्तोनी सेमेन्योको लामो थ्रोबाट हेड गर्दै बराबरी गोल गरे। त्यसको ८ मिनेटपछि मार्कस टाभर्नियरको हेड पासमा इभानिल्सनले गोल गर्दै जित दिलाए।
यो नतिजापछि दोस्रो स्थानको आर्सनल म्यानचेस्टर सिटीभन्दा मात्र ३ अंकले अगाडि छ। बोर्नमाउथ आठौं स्थानमा उक्लिएको छ। फुलह्यामभन्दा २ अंकले अगाडि छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]