default_image

8 months ago

May 4, 2025

वीरगन्जको कठिन जित, तेस्रो स्थानमा उक्लियो

378 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- सहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेडले कठिन जित निकालेको छ ।

मध्यपुर युथ एसोसिएसन विरुद्ध १-० को जितमा वीरगंज लिगको तेस्रो स्थानमा उक्लिएको छ।

एन्फा खेल मैदानमा भएको खेलमा वीरगन्जले ४२ औं मिनेटमा अग्रता बनायो। उसको लागि अमित बछारले गोल गरे। पहिलो हाफ वीरगन्जको पक्षमा १-० को नतिजामा सकियो।

मध्यपुर दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन। वीरगन्जले पनि गोल थप्न सकेन्। अमितको गोल नै निर्णायक बन्यो।

यो जितमा वीरगन्जले महत्वपुर्ण ३ अंक जोड्यो। ९ खेलबाट १५ अंक बनाएर वीरगन्ज लिगको तेस्रो स्थानमा उक्लिएको छ। मध्यपुरको ८ अंक छ।

आज हुने दोस्रो खेलमा शीर्षस्थानमा रहेको प्लानिङ ब्वाइज र श्री कुमारीबीच प्रतिस्पर्धा हुनेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.