default_image

8 months ago

May 4, 2025

पुलिस महिला गोल्डकपको सेमिफाइनलमा

1494 views

0 Bookmark

रविन्द्र वाईबा, हेटौंडा

नेपाल पुलिस क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ

आइतबार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको खेलमा रौतहटको महिला टिमलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै पुलिसले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

निर्धारित खेल समय गोलरहित बराबरीमा रोकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो । रौतहटको लागि टाइब्रेकरमा रेविका पाण्डे, निरु थापा, उषा नाथ र सरु वाईबाले गोल गरिन् । गिम कुमारी गुरुङको प्रहार बाहिरिइन् ।

रौतहटका लागि सविना चौधरी र सलोनी राना गरिन् भने मनिषा श्रेष्ठ र अञ्जली चन्दकी प्रहार पुलिसकी गोलरक्षक उषा नाथले सेभ गरिन् । पुलिसकी गोलरक्षक उषा नाथ प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन्।

यो सँगै पुलिस गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । पुलिसले सेमिफाइनलमा चितवनसँग प्रतिस्पर्धा गर्नेछ । यस अघि आयोजक मकवानपुरलाई हराउँदै चितवन सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगितामा सोमवार एपिएफ र वीरगंज युथ एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता फाइनल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो खेल ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.