default_image

7 months ago

May 5, 2025

दर्जन गोलसहित एपिएफ सेमिफाइनलमा

1908 views

0 Bookmark

रविन्द्र वाईबा, हेटौंडा

एपिएफले मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा बिरगंज युथ स्पोर्ट्स एकेडेमीमाथि एकतर्फी जीत निकालेको छ ।

सोमवार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको खेलमा एपिएफले वीरगंजलाई १२-० गोल गर्‍यो ।

पहिलो हाफमा ५ गोल गरेको एपिएफले दोस्रो हाफमा ७ गोल थप्यो । एपिएफको जितमा रश्मि कुमारी घिसिङ नायिका बनिन् । उनले ५ गोल गरिन् ।

उनले खेलको २३, ४९ र ६९ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । ७० औं र ७८ औं मिनेटमा थल गोल गरिन् । यो सँगै रश्मिले गोल्डकपमा सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेकी छिन् ।

यस अघि संकटाकी ममता पुनले सिमराको नवजनजागृतीविरुद्धको खेलमा व्यक्तिगत ५ गोल गरेकी थिइन् ।

सरु लिम्बुले १९ औं मिनेटमा पहिलो गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको २५ औं मिनेट अनिता केसि, ३५ औं मिनेटमा पुनः सरु लिम्बुले, ३९ मिनेट अनिता बस्नेत, ४५ औं मिनेटमा मन्जली योन्जन, ५१ औं मिनेटमा सजनी थोकर र ७३ औं मिनेटमा सविता रानाले गोल गरिन् ।

खेलको म्यान अफ द म्याच रश्मि घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन्।

एपिएफ सेमिफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब एपिएफले मंगलबार नै संकटासँग भिड्नेछन् ।

यसअघि सिमराको नवजनजागृती युवा क्लबलाई ६-१ फराकिलो गोलान्तरले हराउँदै संकटा सेमिफाइनल प्रवेश गरेको थियो । मंगलबारको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र चितवनबीच बिहान ८:३० बजे प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

Success

Thank you for your time.