default_image

8 months ago

May 6, 2025

नटिंघम फरेस्ट र क्रिस्टल प्यालेसको बराबरी

489 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको छनोट दौडमा रहेको नटिंघम फरेस्टले प्रिमियर लिगमा अंक गुमाएको छ ।

सेलहर्स्ट पार्कमा क्रिस्टल प्यालेससँग सोमवार भएको खेलमा फरेस्टले १-१ को बराबरी खेलेको‌ छ।

इबेरेची इजेले पेनाल्टीमार्फत एफए कप फाइनलमा पुगेको प्यालेसलाई ६०औं मिनेटमा अग्रता दिलाए।
तर, चार मिनेटपछि मुरिलोले चालाखीपूर्ण फ्लिकमार्फत बराबरी गोल फर्काए।

म्यानचेस्टर सिटी, चेल्सी र एस्टन भिल्लाजस्ता च्याम्पियन्स लिग प्रतिस्पर्धीहरुले सप्ताहन्तमा जित निकाल्दा फरेषस्टको स्थिति कमजोर बन्यो।

यो बराबरीपछि ६१ अंकसहित फरेस्ट छैठौं स्थानमा छ । शीर्ष पाँचमा रहेको टोली चेल्सी भन्दा २ अंकले पछाडि रहेको छ । लिगमा ३ चरणको खेल मात्र बाँकी छन्। प्यालेस भने १२औं स्थानमै यथावत् छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.