7 months ago
May 6, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सहिद स्मारक बी डिभिजन लिगमा रानी पोखरी कर्नर टिम (आरसिटी) ले जित हात पारेको छ।
आज भएको रोमाञ्चक खेलमा आरसिटीले च्यासल युथ क्लबलाई ३-२ गोल अन्तरले हराउन सफल भएको हो। आरसिटीको यो लगातार दोस्रो जित हो।
सातदोबाटोस्थिति एन्फा कम्पलेक्समा भएको खेलको ११ औं मिनेटमा अजुत गुरुङको गोलमा आरसीटीले पहिले अग्रता बनायो।
४२ औं मिनेटमा अभिषेक भोलानले आरसिटीको अग्रता दुगुना गरे। पहिलो हाफकप इन्ज्युरी समयमा च्यासलका अश्विन घोरासैनीले एक गोल फर्काए। पहिलो हाफमा आरसिटीले २-१ अग्रता बनायो।
एक गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाएको च्यासलले ७१ औं मिनेटमा तेस्रो गोल बेहोर्यो। आरसिटीले ३-१ को अग्रता कायम गर्यो।
खेलको ८४ औं मिनेटमा आशिष थारुले च्यासलको लागि दोस्रो गोल गरे। तर आरसिटी ३-२ को जितका साथ महत्वपूर्ण ३ अंक जोड्न सफल रहयो।
आरसिटीले ११ अंक बनाउँदै लिगको नवौं स्थानमा उक्लिएको छ। पराजित च्यासल १४ अंक सहित छैटौं स्थानमा रहेको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]