8 months ago
May 6, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सहिद स्मारक बी डिभिजन लिगमा रानी पोखरी कर्नर टिम (आरसिटी) ले जित हात पारेको छ।
आज भएको रोमाञ्चक खेलमा आरसिटीले च्यासल युथ क्लबलाई ३-२ गोल अन्तरले हराउन सफल भएको हो। आरसिटीको यो लगातार दोस्रो जित हो।
सातदोबाटोस्थिति एन्फा कम्पलेक्समा भएको खेलको ११ औं मिनेटमा अजुत गुरुङको गोलमा आरसीटीले पहिले अग्रता बनायो।
४२ औं मिनेटमा अभिषेक भोलानले आरसिटीको अग्रता दुगुना गरे। पहिलो हाफकप इन्ज्युरी समयमा च्यासलका अश्विन घोरासैनीले एक गोल फर्काए। पहिलो हाफमा आरसिटीले २-१ अग्रता बनायो।
एक गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाएको च्यासलले ७१ औं मिनेटमा तेस्रो गोल बेहोर्यो। आरसिटीले ३-१ को अग्रता कायम गर्यो।
खेलको ८४ औं मिनेटमा आशिष थारुले च्यासलको लागि दोस्रो गोल गरे। तर आरसिटी ३-२ को जितका साथ महत्वपूर्ण ३ अंक जोड्न सफल रहयो।
आरसिटीले ११ अंक बनाउँदै लिगको नवौं स्थानमा उक्लिएको छ। पराजित च्यासल १४ अंक सहित छैटौं स्थानमा रहेको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]