8 months ago
May 6, 2025
रविन्द्र वाईबा, हेटौंडा
एपिएफ मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ।
हेटौंडा-६ स्थित गौरीटार रंगशालामा मंगलवार भएको दोस्रो सेमिफाइनलमा संकटालाई २-० गोलले हराउँदै एपिएफ अन्तिम दुईमा पुगेको हो ।
एपिएफलाई जित दिलाउन रश्मि कुमारी घिसिङले ७१ औं मिनेटमा र अनिता केसीले ७६ औं मिनेटमा गोल गरिन् ।
रश्मिले कप्तान अनिता बस्नेतको कर्नरलाई हेडमार्फत गोल गरिन् । अनिता केसीले पनि अनिता बस्नेतकै असिष्टमा गोल गरेकी हुन् ।

योसँगै रश्मि गोल्डकपमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन् । उनले २ खेलमा ६ गोल गरेकी छिन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी रेनुका नगरकोटे प्लेयर अफ दि म्याच घोषित भइन् र उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
दोस्रो हाफमा आफुलाई सम्हाल्न नसक्दा संकटा प्रतियोगिताबाट बाहिरिएको छ। अब एपिएफले उपाधिका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
फाइनल बिहीवार दिउँसो ३ बजे हुनेछ । पुलिस मंगलबार नै भएको पहिलो सेमिफाइनलमा चितवनलाई ७-० फराकिलो गोलान्तरले हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गनेछ भने अन्य विधागत उत्कृष्टले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]