default_image

7 months ago

May 7, 2025

बार्सिलोनालाई हराउँदै इन्टर मिलान फाइनलमा

4347 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सफल भएको छ । क्याटलान क्लब बार्सिलोनालाई समग्रमा ७-६ को अन्तरले हराउँदै इन्टरले उपाधि भिडन्तमा स्थान बनायो ।

मंगलबार इन्टरले आफ्नो मैदानमा ४-३ को जितका साथ समग्रमा ७-६ को जितसँगै फाइनल यात्रा पक्का गरेको हो । यी दुई टोलीबीचको पहिलो लेग ३-३ को बराबरीमा सकिएको थियो । मंगलबार निर्धारित ९० मिनेट ३-३ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

खेलको २१ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजको गोलमा घरेलु टोली इन्टर मिलानले अग्रता लियो । काउन्टर अट्याकमा डेन्जल डम्फ्रिजले अघि बढाएर दिएको पासलाई मार्टिनेजले सहजै गोलमा परिणत गरे ।

पहिलो हाफको इन्ज्युरी समयमा इन्टरका लागि हाकान चाल्हानोग्लुले पेनाल्टीमा गोल गरे । भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पाउ कुबार्सीले मार्टिनेजलाई लडाएको देखिएपछि रेफ्री सिमोन मार्चिनियाकले पेनाल्टी दिएका थिए ।

दोस्रो हाफको १५ मिनेटमै बार्सिलोनाले खेल बराबरीमा ल्यायो । ५४ औं मिनेटमा जेरार्ड मार्टिनको क्रसमा एरिक गार्सियाले गोल गर्दै बार्सालाई खेलमा फर्काए । लगत्तै बार्साको काउन्टरमा गार्सियाकै अन्तिम प्रहारलाई गोलरक्षक यान सोमरले उत्कृष्ट बचाउ गरे । तर ६० औं मिनेटमा मार्टिनकै पासमा ओल्मोको हेडर गोल भएपछि खेल बराबरीमा आयो ।

८७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनको पहिलो प्रहार गोलरक्षक सोमरले विफल पारेपनि रिवाउन्डलाई राफिन्हाले गोलमा परिणत गरे ।

इन्ज्युरी समयमा इन्टरले बराबरी गोल फर्कायो । डम्फ्रिजकै पासमा फ्रान्सेस्को अचेर्बीले पहिले टचमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्यायो । ९९ औं मिनेटमा फ्रातेसीले गोल गल्दै इन्टरलाई फाइनलनजिक पुर्याए ।

बुधबार हुने दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनल र पेरिस सेन्ट जर्मेन खेल्नेछन् । पहिलो लेग पिएसजीले १-० ले जितेको थियो । फाइनल मे ३१ मा हुनेछ ।

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

Success

Thank you for your time.