8 months ago
May 7, 2025
रविन्द्र वाईबा, हेटौंडा
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदैछ ।
दुई टोली १३ दिनमा तेस्रो पटक फाइनल खल्दैछन् । वैशाख १२ गते लुम्बिनी कप र वैशाख २० गते बागमती मुख्यमन्त्री कपको फाइनलमा खेलेका थिए । दुवै फाइनलमा एपिएफ विजयी भएको थियो ।
प्रतियोगिताको फाइनलमा पुगेका दुई विभागीय टोलीहरु सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लबका कप्तान र प्रशिक्षकले ट्रफी उचाल्ने दाबी गरेका छन् ।
बुधबार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षक र कप्तानले मेहनत गरेर उपाधि हात पार्ने दाबी गरेका हुन् ।

एपिएफका प्रशिक्षक जिवेश पाण्डेले मेहनत गरेर उपाधि जित्ने बताए । पुलिस पनि राम्रो टिम भएको बताउँदै उनले अट्याकिङमै ध्यान दिएर खेल्ने पनि बताए ।
एपिएफकी कप्तान अनिता बस्नेतले निरन्तर खेल खेलिरहेकोले आफुहरुले अलि रेष्ट कम पाएको तर फाइनलमा उपाधी जित्ने गरि खेल्ने दाबी गरिन् ।
यस्तै पुलिसका प्रशिक्षक भोला सिलवाल एपीएफ तुलनात्मक रुपमा आफुहरुभन्दा बलियो टिम भएपनि कम्पिटिसनमा उत्रने बताए ।
राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफ बलियो भए पनि आफूहरुले जित्ने गरि खेल्ने र सबै खेलाडी शारीरिक रुपमा फिट रहेको बताए ।
यो पटक एपिएफलाई रोक्ने आफूहरुको रणनीति रहेको पनि उनले बताए । पुलिसकी कप्तान निरु थापाले यो उपाधी जित्ने गरि आफुहरु मैदान उत्रने बताइन् ।
प्रतियोगिता पुलिस रौतहटको महिला टिमलाई ४-२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा चितवनको महिला टिमलाई ७-० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

यस्तै एपिएफ वीररगंजलाई १२-० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा संकटालाई २-० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ५ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गनेछ भने अन्य विधागत उत्कृष्टले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
४ महिनामा एपिएफ र पुलिसबीच ५ पटक फाइनलमा भेट भएकोमा सबै उपाधि एपिएफले जितेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]