default_image

8 months ago

May 8, 2025

एपिएफलाई मकवानपुर महिला गोल्डकप, रश्मि सर्वोत्कृष्ट

3407 views

0 Bookmark

रविन्द्र वाईबा, हेटौंडा

एपिएफले मकवानपुर महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

हेटौंडा-६ स्थित गौरीटार रंगशालामा बिहीवार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३-१ ले हराउँदै एपिएफले उपाधि हात पारेको हो ।

निर्धारित खेल समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । दुवै टोलीले गोल गर्ने अवसरहरु पाएपनी गोल भने गर्न सकेनन् ।

एपिएफका लागि टाइब्रेकरमा गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरिन् । रश्मि कुमारी घिसिङको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले सेभ गरिन् । पुलिसका लागि गोलरक्षक उषाले मात्रै गोल गरिन् ।

पुलिसकी कप्तान निरु थापाकी प्रहार एपिएफकी गोलरक्षक अञ्जना राना मगर सेभ गरिन् । रेविका पाण्डेकी प्रहार गोल्डपोष्टमा ठोकिएर फर्किए भने सुस्मा तामाङकी प्रहार बाहिरिइन् ।

एपिएफकी गोलरक्षक अञ्जना प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । जितसँगै एपिएफले ७ लाख र पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।

रश्मि सर्वोत्कृष्ट खेलाडी
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी रश्मि घिसिङ घोषित भइन् । उनले स्कुटर प्राप्त गरिन् । उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिन् ।

उनले वीरगंजविरुद्धको खेलमा ५ गोल र संकटाविरुद्धको खेलमा गोल गरेकी थिइन् । उनलाई बागमती प्रदेश सभाका सदस्य इन्द्रबहादुर पुलामीले स्कुटर प्रदान गर्नुभयो।

एपिएफका क्रमश: उत्कृष्ट गोलरक्षक अञ्जना राना मगर, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी र प्रशिक्षक जिवेश कुमार पाण्डे घोषित भए ।

यस्तै पुलिसकी मिना देउवा उत्कृष्ट फरवार्ड र डिफेन्डर समीक्षा घिमिरे घोषित भइन् । विधागत सबैले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना बैशाख १९ गतेबाट सुरु भएको प्रतियोगितामा पुलिस रौतहटको महिला टिमलाई ४-२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा चितवनको महिला टिमलाई ७-० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

यस्तै एपीएफ वीरगंजलाई १२-० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा संकटालाई २-० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

एन्फा केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाको सभाध्यक्ष तथा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीन कृष्ण महर्जन, जिल्ला प्रशासन कार्यालयकी हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा लगायत उपस्तिथि रहेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.