default_image

7 months ago

May 8, 2025

एपिएफलाई मकवानपुर महिला गोल्डकप, रश्मि सर्वोत्कृष्ट

3400 views

0 Bookmark

रविन्द्र वाईबा, हेटौंडा

एपिएफले मकवानपुर महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

हेटौंडा-६ स्थित गौरीटार रंगशालामा बिहीवार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३-१ ले हराउँदै एपिएफले उपाधि हात पारेको हो ।

निर्धारित खेल समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । दुवै टोलीले गोल गर्ने अवसरहरु पाएपनी गोल भने गर्न सकेनन् ।

एपिएफका लागि टाइब्रेकरमा गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरिन् । रश्मि कुमारी घिसिङको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले सेभ गरिन् । पुलिसका लागि गोलरक्षक उषाले मात्रै गोल गरिन् ।

पुलिसकी कप्तान निरु थापाकी प्रहार एपिएफकी गोलरक्षक अञ्जना राना मगर सेभ गरिन् । रेविका पाण्डेकी प्रहार गोल्डपोष्टमा ठोकिएर फर्किए भने सुस्मा तामाङकी प्रहार बाहिरिइन् ।

एपिएफकी गोलरक्षक अञ्जना प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । जितसँगै एपिएफले ७ लाख र पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।

रश्मि सर्वोत्कृष्ट खेलाडी
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी रश्मि घिसिङ घोषित भइन् । उनले स्कुटर प्राप्त गरिन् । उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिन् ।

उनले वीरगंजविरुद्धको खेलमा ५ गोल र संकटाविरुद्धको खेलमा गोल गरेकी थिइन् । उनलाई बागमती प्रदेश सभाका सदस्य इन्द्रबहादुर पुलामीले स्कुटर प्रदान गर्नुभयो।

एपिएफका क्रमश: उत्कृष्ट गोलरक्षक अञ्जना राना मगर, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी र प्रशिक्षक जिवेश कुमार पाण्डे घोषित भए ।

यस्तै पुलिसकी मिना देउवा उत्कृष्ट फरवार्ड र डिफेन्डर समीक्षा घिमिरे घोषित भइन् । विधागत सबैले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना बैशाख १९ गतेबाट सुरु भएको प्रतियोगितामा पुलिस रौतहटको महिला टिमलाई ४-२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा चितवनको महिला टिमलाई ७-० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

यस्तै एपीएफ वीरगंजलाई १२-० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा संकटालाई २-० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

एन्फा केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाको सभाध्यक्ष तथा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीन कृष्ण महर्जन, जिल्ला प्रशासन कार्यालयकी हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा लगायत उपस्तिथि रहेको थियो ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.