default_image

8 months ago

May 9, 2025

युनाइटेड र टोटनहमले युरोपाको फाइनल खेल्ने

738 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेड र टोटनहम हट्सपरले युरोपा लिगको फाइनलमा एकअर्काको सामना गर्ने भएका छन्।

दुबै टोलीले बिहीवार सेमिफाइनलको दोस्रो लेगमा जित हासिल गर्दै फाइनल स्थान पक्का गरेका छन्।

टोटनहमले नर्वेमा बोडो/ग्लिम्टलाई २-० ले हरायो । युनाइटेडले एथ्लेटिक क्लबविरुद्ध पछाडि परेको अवस्थाबाट ४-१ को जित निकाल्यो। पहिलो लेगबाट अग्रता लिएको दुबै टोलीले समग्र स्कोर अझै फराकिलो बनाउँदै फाइनल यात्रा निश्चित गरे।

यो परिणामले युरोपा लिग वा युइएफए कपको इतिहासमा तेस्रो पटक दुई इंग्लिस क्लबबीचको फाइनल तय भएको छ। यसअघि सन् २०१९ मा चेल्सीले आर्सनललाई हराएको थियो । १९७२ मा टोटनहमले दुई लेगको खेलमा वुल्भ्सलाई पराजित गरेको थियो।

यसपटक मे २१ मा फाइनल एथ्लेटिक क्लबको घरेलु मैदान सन मामेस स्टेडियममा हुनेछ । जहाँ युनाइटेडले सेमिफाइनलको पहिलो लेगमा ३-० ले जितेको थियो।

युरोपको दोस्रो श्रेणीको प्रतियोगिता युरोपा लिगको निर्णायक खेल म्यान युनाइटेड र टोटनह्यामलाई उपाधि जित्ने मात्र होइन, २०२५–२६ च्याम्पियन्स लिगमा स्थान बनाउने अवसर पनि दिनेछ।

दुबै टोली प्रिमियर लिग अंक तालिकाको तल्लो भागमा रहेका छन् र कमजोर सिजनलाई उपाधिको साथ अन्त्य गर्न चाहन्छन्।

एथ्लेटिक क्लबविरुद्ध १-० ले पछि परेको युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै मेसन माउन्टले दोस्रो हाफमा बेन्चबाट आएर २ गोल गरे। कासेमिरो र रासमस होयलुन्डले पनि गोल गरेपछि युनाइटेड ७-१ को समग्र स्कोरसहित अगाडि बढ्यो।

टोटनहमका लागि डोमिनिक सोलान्के र पेड्रो पोरोले गोल गरे र समग्र स्कोर ५-१ बनाएपछि नर्वेजियन टोली बोडो/ग्लिम्टलाई प्रतियोगिताबाट बाहिरियो ।

टोटनहमले यो सिजन युनाइटेडलाई ३ पटक हराइसकेको छ। २ पटक लिगमा र १ पटक काराबाओ कपमा हराएको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.