default_image

8 months ago

May 9, 2025

पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा प्रवेशमा रोक

976 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभास्थल प्रवेशमा रोक लगाइएको छ।

थापा साधारण सभामा भाग लिने बिहानै सभास्थल धुलिखेल पुगेका थिए। जहाँ उनलाई सुरक्षाकर्मीले मुख्य गेटमा नै रोकिदिए।

थापा अदालतको कागजात सहित पुगेका थिए। तर उनीसँग साधारण सभाको लागि एन्फाले जारी गरेको पास थिएन। सोही पास नभएको भन्दै उनी र उनका छोरा गौरव थापालाई प्रवेश नदिइएको हो।

केहिबेर स्थिति तनावपुर्ण बनेको थियो। निकै आक्रोसित बनेका थापाले अदालतको निर्णय मानमदिन भन्नुपर्यो भन्दै धेरै बेर समय खर्चिए। तर उदघाटन सत्रमा प्रवेश दिइएन। उनी सभाहल बाहिर नै छन्।

एन्फा साधारण सभाका लागि थापालाई सि डिभिजन क्लब आरसी ३२ ले आफ्नो प्रतिनिधि चयन गरेको थियो।

थापालाई एन्फाका वर्तमान वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाहीले साथ दिएका छन्।
थापा सन् २०१५ अप्रिल १६ देखि फिफाले लगाएको प्रतिबन्धका कारण निष्क्रिय थिए।

२०२५ अप्रिल १५ मा प्रतिबन्ध अवधि सकिएपछि उनी पुनः नेपाली फुटबल गतिविधिमा सक्रिय हुँदै आएका छन्।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.