7 months ago
May 10, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले साउथह्याम्प्टनसँग बराबरी खेलेपछि युइएफए च्याम्पियन्स लिगको छनोट सम्भावना बलियो बनाउने मौका गुमाएको छ ।
साउथह्याम्प्टनको सेन्ट मेरीज स्टेडियममा शनिवारको खेलमा सिटीले धेरै मिहिनेत गरे पनि गोल गर्न सकेन। चोटपछिको फर्किएका एर्लिङ हालान्डले निराशाजनक प्रदर्शन गरे।
साउथह्याम्प्टनले २००७/०८ को सिजनमा डर्बी काउन्टीले बनाएको न्यूनतम ११ अंकको कीर्तिमान पार गर्दै एक अंक जोड्यो।
जेरेमी डोकुलाई दोस्रो हाफमा मैदानमा उतारिएपछि खेल केही प्रतिस्पर्धात्मक बन्यो । उनले बर्नार्डो सिल्भालाई मौका सिर्जना गरिदिए जसलाई ज्याक स्टेफेन्सले राम्रो ब्लक गरे।
ओमार मार्मुसले अतिरिक्त समयमा क्रसबारमा प्रहार गरे। पेप ग्वार्डिओलाको टोलीले कुल २६ प्रहार गरे तापनि कुनै पनि प्रहारलाई गोलमा परिणत गर्न सकेन । यो जुलाई २०२० यता प्रिमियर लिगमा साउथह्याम्प्टनविरुद्धकै २६ प्रहार विना गोल भएको दोस्रो पटक हो।
यो बराबरीसँगै सिटी ६५ अंकसहित तालिकाको तेस्रो स्थानमा रह्यो र छैटौँ स्थानको नटिंघम फरेस्टभन्दा ४ अंकले अगाडि छ। उनीहरू शीर्ष पाँचमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छन्। तालिकाको पुछारको साउथह्याम्प्टन १२ अंक पुगेको छ।
प्रिमियर लिगका अन्य खेलमा एभर्टनले फुलहमलाई ३-१ ले, ब्राइटनले उल्भ्सलाई २-० ले र ब्रेन्टफोर्डले इप्स्विच टाउनलाई १-० ले हरायो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]