7 months ago
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे हुनेछ ।
भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा हुने खेलमा नेपालले जित दर्ता गरे सेमिफाइनलमा स्थान पक्का गर्नेछ । नेपाल सम्मिलित समूह बी मा आयोजक भारत र श्रीलंका रहेका छन् । पहिलो खेलमा भारतले श्रीलंकालाई ८-० ले हराएको थियो । नेपालले मंगलबार भारतको सामना गर्नेछ ।
यस्तै समूह ए मा बंगलादेश र माल्दिभ्सले पहिलो खेलमा २-२ को बराबरी खेलेका थिए । आज साँझ ४:१५ बजे हुने खेलमा बंगलादेश र भुटान खेल्नेछन् ।
दुवै समूहको शीर्ष २ टोलीले सेमीफाइनल खेल्नेछन् । नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को यू१८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।
नेपालको कप्तानी राम थापाले गर्दैछन् । टोलीको प्रशिक्षकमा उर्जन श्रेष्ठ रहेका छन् ।
अन्तिम टोली :
गोलरक्षक : भक्त बहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बानिया
डिफेन्डर : रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का
मिडफिल्डर : कृष्ण बहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लछु थापा, सबिन कुमारी लुन्गेली मगर, रञ्जित लामा, सुबाश बम, विज्ञान खड्का
फरवार्ड : पवन पाख्रिन, धर्वेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]