7 months ago
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे हुनेछ ।
भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा हुने खेलमा नेपालले जित दर्ता गरे सेमिफाइनलमा स्थान पक्का गर्नेछ । नेपाल सम्मिलित समूह बी मा आयोजक भारत र श्रीलंका रहेका छन् । पहिलो खेलमा भारतले श्रीलंकालाई ८-० ले हराएको थियो । नेपालले मंगलबार भारतको सामना गर्नेछ ।
यस्तै समूह ए मा बंगलादेश र माल्दिभ्सले पहिलो खेलमा २-२ को बराबरी खेलेका थिए । आज साँझ ४:१५ बजे हुने खेलमा बंगलादेश र भुटान खेल्नेछन् ।
दुवै समूहको शीर्ष २ टोलीले सेमीफाइनल खेल्नेछन् । नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को यू१८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।
नेपालको कप्तानी राम थापाले गर्दैछन् । टोलीको प्रशिक्षकमा उर्जन श्रेष्ठ रहेका छन् ।
अन्तिम टोली :
गोलरक्षक : भक्त बहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बानिया
डिफेन्डर : रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का
मिडफिल्डर : कृष्ण बहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लछु थापा, सबिन कुमारी लुन्गेली मगर, रञ्जित लामा, सुबाश बम, विज्ञान खड्का
फरवार्ड : पवन पाख्रिन, धर्वेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]