7 months ago
May 11, 2025
एजेन्सी – बार्सिलोनाले ला लिगा उपाधि नजिक पुगेको छ । आइतवार दुई गोलले पछि परेको खेलमा रियल म्याड्रिडलाई ४-३ ले हराउँदै बार्सिलोना च्याम्पियन बन्ने अभियानमा थप मजबुत बनेको छ।
रियलका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए। रियलले खेलको सुरुवातमै २-० को अग्रता बनायो ।
एम्बाप्पेले १४ मिनेटभित्र २ गोल गरे। तर बार्सिलोनाले पहिलो हाफमै ४ गोल फर्कायो । एरिक गार्सिया, लामिन यामालले समान १ र राफिन्हाले २ गोल गरे।
२० मिनेट बाँकी रहँदा एम्बाप्पेले फेरि गोल गर्दै क्लबका लागि सिजनको जम्मा ३९औं गोल पूरा गरे। रियलका कुनै पनि नयाँ खेलाडीले पहिलो सिजनमा गरेको यो सबैभन्दा धेरै गोल हो।
खेलको अन्त्यमा बार्सिलोनाका फर्मिन लोपेजको गोल ह्यान्डबलको कारण भिएआर समीक्षा पछि रद्द गरियो।
यो जितले बार्सिलोनालाई रियलमाथि ७ अंकको अग्रता बनायो। ला लिगामा अब ३ खेल मात्र बाँकी छन्।
ह्यान्सी फ्लिकले मंगलबार इन्टर मिलानसँगको थकाउने च्याम्पियन्स लिग सेमिफाइनल हारपछि बार्सिलोनाको टोलीमा कुनै परिवर्तन गरेनन् । तर खेलको सुरुवाती चरणमा उनीहरू सुस्त देखिए।
एम्बाप्पेले बार्सिलोनाका गोलकिपर वोज्शेक शेस्नीबाट फाउल गरिएपछि पेनाल्टीमार्फत पहिलो गोल गरे । त्यसपछि भिनिसियस जुनियरको पासमा दोस्रो गोल थपे।
फ्रान्सेली स्टार एम्बाप्पे उत्सव मनाउँदै थिए । तर उनलाई लुइस कम्पान्यस ओलम्पिक स्टेडियममा के हुनेछ भन्ने अनुमान थिएन।
१९औं मिनेटमा गार्सियाले कर्नरबाट हेड गर्दै गोल गरे र अन्तर घटाए। त्यसपछि यामालले ३२ औं मिनेटमा बराबरी गोल गर्दै खेलमा आफ्नो महत्व दर्साए ।
बार्सिलोनाले रियललाई निरन्तर दबावमा राख्यो र केही समयमै अग्रता लियो, जब राफिन्हा बक्सको बायाँपट्टि खाली अवस्थामा पुगे र एम्बाप्पे र लुकास भास्केज दबाबमा एक अर्कासँग ठोक्किएपछि गोल गरे।

बलोन डि’ओरका दावेदार राफिन्हाले त्यसपछि यामालको क्रसमा हेड गरे तर गोल गर्न चुके। तर उनले फेरान टोरेसको पासमा गल्ती नगरी ४५ औं मिनेटमा चौथो गोल थपे।
एम्बाप्पेले ७० औं मिनेटमा क्लोज रेन्जबाट गोल गर्दै ह्याट्रिक पूरा गरे। ला लिगाको सर्वाधिक गोलकर्ताको दौडमा दुई गोलको अग्रता बनाए।
यो सिजन बार्सिलोनाले रियललाई ला लिगा, स्पेनिस सुपर कप फाइनल, कोपा डेल रे फाइनल, र अब क्लासिकोमा समेत हराउँदै १९८२–८३ सिजनको चार क्लासिको जितको कीर्तिमान बराबरी गरेको हो।
रियल ले यो सिजन क्लासिकोका ४ खेलमा १६ गोल खाँदा, बार्सिलोनाको पछिल्ला नौ महिनामा भएको सुधार स्पष्ट देखिन्छ।
बार्सिलोना बिहीबार आफ्ना छिमेकी क्लब एस्पान्योललाई हराएमा वा रियल म्याड्रिडले बुधबार मालोर्कासँग हार्दा, ला लिगा उपाधि जित्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]