default_image

7 months ago

May 12, 2025

लिभरपुललाई आर्सेनलले रोक्यो

738 views

0 Bookmark

एजेन्सी – आर्सनलले प्रिमियर लिगको विजेता टोली लिभरपुललाई बराबरीमा रोकेको छ।

आइतवार २-० ले पछि परेको अवस्थाबाट उल्टाउँदै आर्सनललर २-२ को बराबरी गरेको हो । यद्यपि मिकेल मेरिनोको रातो कार्डपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो।

दोस्रो स्थान सुनिश्चित गर्ने लक्ष्यमा अझै संघर्षरत आर्सनलले खेल सुरु हुनु अघि एनफिल्डमा लिभरपुललाई ‘गार्ड अफ अनर’ दिएको थियो।

८७ सेकेन्डको अन्तरालमा लिभरपुलले दुई गोल गर्दै सहज अग्रता लिएको थियो । कोडी गाक्पोले २० औं मिनेटमा पहिलो गोल गरे । लगत्तै २१ औं मिनेटमा लुइस डियाजले दोस्रो थपे ।

तर दोस्रो हाफपछि आर्सेनलले बलियो रूपमा पुनरागमन गर्यो। गेब्रियल मार्टिनेलीले ४७ औं मिनेटमा गोल फर्काए। त्यसपछि ७० औं मिनेटमा मेरिनोको डाइभिङले हेडर गोल गर्दै खेललाई बराबरीमा ल्याए।

७९ औं मिनेटमा मेरिनो दोस्रो पहेँलो कार्ड पाएर बाहिरिएपछि लिभरपुलले दबाब थपेको थियो, तर एन्डी रोबर्टसनको सम्भावित विजयी गोल फाउलको कारण अस्वीकार गरियो।

आर्सनलले बराबरी जोगाउँदै ६८ अंकसहित तेस्रो स्थानको न्युक्यासल युनाइटेडलाई २ अंकले पछि परेको छ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.