default_image

7 months ago

May 12, 2025

लिभरपुललाई आर्सेनलले रोक्यो

741 views

0 Bookmark

एजेन्सी – आर्सनलले प्रिमियर लिगको विजेता टोली लिभरपुललाई बराबरीमा रोकेको छ।

आइतवार २-० ले पछि परेको अवस्थाबाट उल्टाउँदै आर्सनललर २-२ को बराबरी गरेको हो । यद्यपि मिकेल मेरिनोको रातो कार्डपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो।

दोस्रो स्थान सुनिश्चित गर्ने लक्ष्यमा अझै संघर्षरत आर्सनलले खेल सुरु हुनु अघि एनफिल्डमा लिभरपुललाई ‘गार्ड अफ अनर’ दिएको थियो।

८७ सेकेन्डको अन्तरालमा लिभरपुलले दुई गोल गर्दै सहज अग्रता लिएको थियो । कोडी गाक्पोले २० औं मिनेटमा पहिलो गोल गरे । लगत्तै २१ औं मिनेटमा लुइस डियाजले दोस्रो थपे ।

तर दोस्रो हाफपछि आर्सेनलले बलियो रूपमा पुनरागमन गर्यो। गेब्रियल मार्टिनेलीले ४७ औं मिनेटमा गोल फर्काए। त्यसपछि ७० औं मिनेटमा मेरिनोको डाइभिङले हेडर गोल गर्दै खेललाई बराबरीमा ल्याए।

७९ औं मिनेटमा मेरिनो दोस्रो पहेँलो कार्ड पाएर बाहिरिएपछि लिभरपुलले दबाब थपेको थियो, तर एन्डी रोबर्टसनको सम्भावित विजयी गोल फाउलको कारण अस्वीकार गरियो।

आर्सनलले बराबरी जोगाउँदै ६८ अंकसहित तेस्रो स्थानको न्युक्यासल युनाइटेडलाई २ अंकले पछि परेको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.