default_image

7 months ago

May 13, 2025

समूह विजेता बन्न नेपाल र भारत भिड्दै

985 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत समूह बी को विजेता बन्न आज समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दैछन् । खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

नेपाल र भारत दुवै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । नेपालले आइतबार श्रीलंकालाई ५-० ले हराएको थियो । त्यस्तै विहीबार भएको खेलमा भारतले श्रीलंकामाथि ८-० को जित दर्ता गरेको थियो । यो समूहबाट नेपाल र भारत सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंका भने बाहिरिएको छ ।

आज नै समूह ए तर्फ पनि अघि बढ्ने टोलीको छिनोफानो हुनेछ । समूह ए मा बंगलादेश ४ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । आज हुने माल्दिभ्स र भुटानको खेलले अर्को टोलीको टुंगो लाग्नेछ । भुटानलाई जित आवश्यक छ भने माल्दिभ्सले बराबरी गरेपनि सेमिफाइनल पुग्नेछ । बंगलादेशले माल्दिभ्ससँग २-२ को बराबरी खेल्दा भुटानलाई ३-० ले हराएको थियो ।

नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को यू१८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.