default_image

7 months ago

May 13, 2025

प्लानिङ ब्वाइज ‘ए’ डिभिजनमा उक्लियो

1244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेड २ खेल अगाडि ‘ए’ डिभिजनमा उक्लन सफल भएको छ। बाँसबारी क्लबलाई २-० ले हराउँदै प्लानिङ ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो।

यो जितमा प्लानिङ ब्वाइजले ११ खेलबाट २७ अंक बनाएर २ खेल अगावै शीर्ष दुईमा रहने निश्चित भएको हो।

एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजलाई बाँसबारीले पहिलो हाफमा गोल गर्न रोक्यो। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।

खेलको ४७ औं मिनेटमा लङ पासमा बाँसबारीका गोल किपर सन्दीप राउतको गल्तीमा आत्मघाती गोल भयो। उनको टाउकोमा लाग्दै गोलमा परिणत भयो। आत्मघाती गोल उपहार पाएपछि प्लानिङ ब्वाइजले १-० को अग्रता बनायो।

खेलको ८२ औं मिनेटमा पुजन थापाले गोल गरे। यो गोलमा प्लानिङ ब्वाइज २-० को जित दर्ज गर्न सफल रहयो।

यो सँगै ए डिभिजनमा उक्लन सफल भयो। सन् २०२२ मा बी डिभिजनमा उक्लिएको थियो। तीन वर्षको छोटो अवधिमा बीबाट प्लानिङ ब्वाइज ए‌ डिभिजनमा उक्लिन सफल भएको हो।

११ खेलमा ८ जित र ३ बराबरी नतिजामा प्लानिङ ब्वाइजले २७ अंक जोडेको छ। २ क्लब ए डिभिजनमा उक्लने छन्। १० खेल खेलेको श्री भगवतीसँग २२ अंक छ। अब उसले बाँकी तीन खेलमा ३ अंक बनाएको खण्डमा ए‌ डिभिजनमा उक्लने छ।

बाँकी अन्य क्लबले भने बाकी खेलहरूबाट २७ अंक जोड्न सक्दैन । यही कारण प्लानिङ ब्वाइजले ए‌ डिभिजनमा स्थान बनाएको हो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.