default_image

9 years ago

March 2, 2017

किरणको टोलीले कोरियाली क्लबसँग फाइनल खेल्ने

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टसले बंगलादेशमा जारी शेख कमाल अन्तर्राष्ट्रिय क्लब कपको फाइनलमा कोरियाको पोचेओन सिटिजन एफसीको सामना गर्ने भएको छ ।

kiran

चितोगोङमा बुधबार साँझ भएको खेलमा आयोजक चितोगोङ अवहानी लिमिटेडलाई २–१ ले हराउँदै पाचेओन उपाधि नजिक पुगेको हो । १–० ले पछि परेको खेल उल्टाउँदै कोरियाली क्लब फाइनल पुगेको हो । कोरियन क्लब र आयोजकको सेमिफाइनल हेरेका किरणले फाइनल रोमाञ्चक हुने आशा व्यक्त गरे ।

अवहानीले अग्रता लिएर पनि जोगाउन सकेन, कोरियन क्लब अली भाग्यशाली पनि रह्यो, अन्तिम तिर गोल गर्दै फाइनल पुगेको हो । किरणको टिसी स्पोर्टस् र पोचेओन समूह चरणमा एउटै समूहमा थिए । जहाँ त्यो खेल १–१ को बराबरीमा टुंगिएपछि टिसी स्पोर्टस् समूह विजेता र कोरियन क्लब उपविजेताका रुपमा अन्तिम चारमा पुगेका थिए ।

किरणको उच्च प्रदर्शनबाट प्रेरित टिसी स्पोर्टस् लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई १–० ले हराउँदै फाइनल पुगेको थियो । मनाङविरुद्धको खेलमा म्यान अफ दी म्याच बनेका किरणले दुईवटा निश्चित गोल रोकेका थिए । किरणले कोरियाली टोली प्राविधिक रुपमा स्तरीय रहेको बताए । ‘यो प्रतियोगितामा सबै राम्रो टोलीले भाग लिएका थिए ’ किरणले भने, ‘त्यसमा पनि कोरियाको तेस्रो डिभिजनको टोली भएपनि पोचेओन टेक्निकल्ली राम्रो छ । ’

उनले फाइनलका लागि आफुहरु तयार रहेको समेत बताए । ‘राम्रो टिमसँग खेल्न म जहिले उत्साहित हुन्छु’ उनले थपे, ‘प्रतिस्पर्धात्मक खेलले आफुलाई थप परिपक्व बनाउन मद्दत पुग्छ ।’ टिसी स्पोर्टस र कोरियन क्लबबीच शुक्रबार साँझ फाइनल हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.