9 years ago
March 2, 2017
दिपक न्यौपाने
बुटबल – विभागिय टोली त्रिभुवन आर्मी क्लबले १९ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक अग्नी रुपन्देहीको सामना गर्दैछ । आजको विजेताले शनिबार हुने फाइनलमा सिएमजी क्लब संकटाको सामना गर्नेछ ।

देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा जारी प्रतियोगितामा बुधबार हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदै संकटा फाइनल पुगेको थियो । पुसमा हेटौैडामा भएको टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेयता आर्मीले अर्को उपाधि जितेको छैन । गत महिनाको अन्त्यमा टोली रुस्लान सिमरा गोल्डकपको फाइनलमा संकटासँगै पराजित भएको थियो । त्यस्तै टोली झापामा पनि सेमिफाइनल भन्दा अघि बढ्न सकेन ।
यसै महिनाको सुरुआतमा रुपन्देहीले भने बर्षको पहिलो उपाधिका रुपमा रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । त्यसपछि १९ औं बुढासुब्बा रेडबुल गोल्डकप खेल्न धरान पुगेको रुपन्देही सेमिफाइनलभन्दा अघि बढ्न सकेन ।
यहाँ भने आर्मी भारतको युनाइटेड सिक्किमलाई ८–० ले हराउँदै यात्रा सुरु गरेको थियो भने क्वार्टरफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलार्य ३–१ ले निराश पारेको थियो । सोझै क्वार्टफाइनल खेलेको रुपन्देहीले धरान एफसीलाई २–१ ले हराएर अन्तिम चारको यात्रा तय गरेको थियो ।
मोसफलकै प्रतिष्ठित गोल्डकप मध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भएपनि पटक पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्र्यो । गत बर्षबाट प्रतियोगिताले पुनः निरन्तरता पाएको छ । यसपटक प्रतियोगितालाई अग्नी सिमेन्टले मुख्य प्रायोजन गरेको छ ।
बुटवल उप महानगरपालिकाको संरक्षणमा संचालन हुने प्रतियोगितालाई करेन्ट मसला र हुवाइ मोबाइल सहयोग प्रायोजन गरेका छन् । त्यस्तै अखिल नेपाल फुटबल सघं (एन्फा), राष्ट्रिय खेलकुद परिषद (राखेप) र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् । तिलोत्तमा गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]