9 years ago
March 2, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका प्रशिक्षक लुइस इन्रिके सम्झौताको अन्त्यसँगै क्लब छाड्ने प्रष्ट पारेका छन् । सिजनको अन्त्यमा क्लबसँगको उनको सम्झौता सकिदैछ ।

‘ अर्को सिजन म बार्सिलोनाको प्रशिक्षक रहन्न,’ ला लिगामा स्पोर्टिङ गिजोनलाई बुधबार राती ६–१ ले हराएपछि पत्रकारसँग उनले निर्णय सुनाए, ‘ म प्रति देखाएको विश्वासका लागि र यो तीन बर्षे कार्यकाल अविस्मरणीय रहेकामा म क्लबलाई धन्यवाद दिन चाहन्छु ।
उनले सिजनको सुरुआतमै सम्झौता नविकरणको सम्भावना नरहेको बताएको थिए । उनले भने‘क्लबले मलाई हतार नगर्न सुझाव दिएको थियो । तर अब मलार्य लाग्छ यो निर्णय लिने सही समय हो ।’ बार्सिलोनाको प्रशिक्षकका रुपमा काम गर्दा निकै ठूलो जिम्मेवारी रहने उल्लेख गर्दै उनले भने, ‘ दिनमा २/३ घण्टा मात्र आराम गर्न पाइन्छ । म यो दबाबबाट केही समय विश्राम लिन चाहन्छु ।’
बार्सिलोनाका पूर्व खेलाडी समेत रहेका इन्रिकेले सन् २०१४ मार्चमा क्लबको कमान सम्हालेका थिए । उनको नेतृत्वमा क्लबले २०१४/१५ मा च्याम्पियन्स लिग , ला लिगा र कोपा डेल रे गरी तेहेरो उपाधि दिलाएका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]