default_image

9 years ago

March 2, 2017

आयोजक रुपन्देहीलाई हराउँदै आर्मी तिलोत्तमाको फाइनलमा

134 views

0 Bookmark

दिपक न्यौपाने
बुटवल– त्रिभुवन आर्मी क्लब १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आयोजक रुपन्देही ११ लाई टाइब्रेकरमा बिहीबार ४–२ ले हराउँदै आर्मी अन्तिम दुई मा पुगेको हो । गत बर्षको फाइनलमा आर्मीलाई ३–१ ले हराउँदै अग्नी रुपन्देही ११ ले उपाधि जितेको थियो । अब आर्मीले शनिबार हुने फाइनलमा सिएजमी क्लब संकटाको सामना गर्ने । आर्मी र संकटाको यो बर्षको तेस्रो फाइनल हुनेछ । यसअघि नेपाल कप र रुस्लान सिमरा गोल्डकप दुवैको फाइनलमा संकटाले आर्मीलाई हराएको थियो ।

army11
एन्फा टेक्निकल सेन्टरमा निर्धारित ९० मिनेट र थप २० मिनेट समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । टाइब्रेकरमा आर्मीका गोलकिपर शुसील श्रीवास्तवले सामसनको पेनाल्टी खुट्टाले रोकेका थिए भने त्यसअघि अर्का विदेशी खेलाडी एम ग्याबोलाको पेनाल्टी खेर गएको थिए । उनको प्रहार बाहिरिएको थियो ।
आर्मीका लागि हिरण्य मगर, राजु तामाङ, विवेक बस्नेत र दीप लामा सबैले गोल गरे । रुपन्देहीका लागि सौरभ मगर र उत्तम गुरुङले मात्र गोल गर्न सके ।
रुपन्देहीका दीपक राईले पहिलो र दोस्रो हाफमा एक एक मौका खेर फाले । रुपन्देहीका गोलकिपर दीलिप क्षेत्रीले आर्मीका कम्तीमा तीन वटा प्रहार विफल पारेका थिए ।
बुधबार हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदै संकटा फाइनल पुगेको थियो । पुसमा हेटौैडामा भएको टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेयता आर्मीले अर्को उपाधि जितेको छैन । गत महिनाको अन्त्यमा टोली रुस्लान सिमरा गोल्डकपको फाइनलमा संकटासँगै पराजित भएको थियो । त्यस्तै टोली झापामा पनि सेमिफाइनल भन्दा अघि बढ्न सकेन ।
यसै महिनाको सुरुआतमा रुपन्देहीले भने बर्षको पहिलो उपाधिका रुपमा रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । त्यसपछि १९ औं बुढासुब्बा रेडबुल गोल्डकप खेल्न धरान पुगेको रुपन्देही सेमिफाइनलभन्दा अघि बढ्न सकेन ।
यहाँ भने आर्मी भारतको युनाइटेड सिक्किमलाई ८–० ले हराउँदै यात्रा सुरु गरेको थियो भने क्वार्टरफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलार्य ३–१ ले निराश पारेको थियो । सोझै क्वार्टफाइनल खेलेको रुपन्देहीले धरान एफसीलाई २–१ ले हराएर अन्तिम चारको यात्रा तय गरेको थियो ।

मोसफलकै प्रतिष्ठित गोल्डकप मध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भएपनि पटक पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्र्यो । गत बर्षबाट प्रतियोगिताले पुनः निरन्तरता पाएको छ । यसपटक प्रतियोगितालाई अग्नी सिमेन्टले मुख्य प्रायोजन गरेको छ ।
बुटवल उप महानगरपालिकाको संरक्षणमा संचालन हुने प्रतियोगितालाई करेन्ट मसला र हुवाइ मोबाइल सहयोग प्रायोजन गरेका छन् । त्यस्तै अखिल नेपाल फुटबल सघं ९एन्फा०, राष्ट्रिय खेलकुद परिषद ९राखेप० र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् । तिलोत्तमा गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.