default_image

9 years ago

March 2, 2017

सहाराको भरोसा

184 views

0 Bookmark

प्रकाश तिमल्सिना

सहारा क्लब र रारा चाउचाउ उत्पादक हिमश्री फुड्सको सहकार्य डेढ दसक पूरा भइसकेको छ । १६ वर्षदेखि निरन्तर गोल्डकप प्रतियोगिता गर्दै आएको सहारा देशकै एउटा उदाहरणीय क्लब बनिसकेको छ । आयोजनाको दोस्रो वर्षदेखि सहारा र रारा एकअर्कासँग जोडिएका थिए ।

रारा गोल्डकप हुँदै सुरु भएको यात्रा आहा रारा गोल्डकप हुँदै अघि बढ्दा झनै मजबुद र स्थापित नाम भइसकेको छ । एउटा क्लब र व्यावसायिक कम्पनीबीचको सहकार्य यति लामो समयसम्म चल्नु देशकै उदाहरण हुनसक्छ । दुवैलाई एकअर्का प्रतिको आकर्षण घट्दो होइन, झन बढ्दो छ । दुवै संस्था एकअर्का प्रति आदारभाव प्रकट गर्छन् ।

व्यवस्थापकीय र अन्य हिसाबले समेत देशकै पुरानो र स्थापित गोल्डकपको आयोजक बनिसकेपछि सहाराले रारालाई छोड्ने कल्पनै गरेको छैन । नत राराले सहाराको विकल्पमा केही सोचेको छ । यी दुई संस्थाबीचको सहकार्यको लिखित सम्झौता अझै ५ वर्ष बाँकी छ । त्यो सम्झौतालाई औपचारिक मात्र मान्ने दुवै पक्ष सहकार्यले निकै लामो यात्रा तय गर्नेमा ढुक्क छन् ।

img_6754

युवा उद्येम हिमश्री फुड्सका निर्देशक प्रकाश केसी

युवा उद्येम हिमश्री फुड्सका निर्देशक प्रकाश केसी सहारासँग नाता तोड्ने सोच्न पनि चाहँदैनन् । ‘फुटबल विकासकै लागि भनेर देशभर थ्रुपै क्लब सक्रिय छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) जस्तो ठूलो संस्थानै छ,’ ३९ वर्षे केसीले भने, ‘तर, सहाराको काम फुटबलसँग मात्र जोडिएको छैन । आफ्नो तहबाट फुटबलको विकास गर्ने र सहाराविहीन झन्डै ३० जना अनाथका लागि समेत संरक्षण गर्ने देशमा अर्को कुनै क्लब मेरो जानकारीमा छैन । उहाँहरुसँग सहकार्य गर्नु भनेको पुण्य गरे सरह नै हो । यस्तो काम जो कोहीले गर्न सक्दैनन् ।’

व्यावसायिक रुपमा धेरथोर अन्य खेलमा आबद्ध भए पनि राराले प्रायोजना गरेको आहा रारा गोल्डकप मात्रै हो । सहाराको कामबाट सन्तुष्ट रहेकाले अरु सोच्ने अवस्थै नआएको निर्देशक केसी बताउँछन् । ‘हामी दुवै संस्थाबीच एक खालको समझदारी छ,’ उनले भने, ‘हामी आ आफ्नो काममा क्लियर छौं । एकअर्काको काममा सहयोगी हुन्छौं, न कि बाधक । एकले अर्कालाई सहयोग गर्ने हो भने समस्या हुन्न । उहाँहरुसँगको सहकार्य निरन्तर अघि बढ्नेमा हामीलाई कुनै शंका छैन । अवधि तोक्न त कठिन होला, तर उहाँहरुसँगको सहकार्य धेरै अघिसम्म जानेमा मलाई विश्वास छ । ’

केसीको परिवारले व्यावसायिक रुपमा पोखरामै १८ होलको हिमालयन गल्फ कोर्समा लगानी गरेको छ भने पोखरा होम्स क्लबमा जिम्न्याजियम, टेनिस कोर्ट पनि निर्माण गरेको छ । तर, व्यावसायिक हिसाबले मात्र जानुपर्छ भन्नेमा केसी छैनन् । ‘हामीले जुन समाजमा व्यापार गरिरहेका छौं, त्यही समाजमा केही लगानी गर्नुपर्छ भन्ने ठान्दछौं’ उनले प्रष्ट पारे,‘व्यावसायिक आफ्नो पाटोमा छ । त्योवाहेक नेपालीको फुटबल विकास र अविभावकविहीनलाई जसरी सहारा दिएको छ, त्यो महान अभियानमा सहारालाई साथ दिन पाउँदा हामी खुसीमात्र होइन, आभारी पनि छौं । ’

पछिल्ला केही वर्षयताका खेलकुद गतिविधिका आधारमा केसी पोखरालाई स्पोर्ट्स हबका रुपमा विकास गर्न सकिनेमा विश्वस्त छन् । ‘जसरी पोखरामा खेलकुद गतिविधि, भौतिक पूर्वाधारको निर्माण भइरहेको छ, त्यसका आधारमा यो स्पोर्टस हबका लागि सही गन्तव्य हुन सक्छ भन्ने मेरो विश्वास छ,’ उनले योजना सुनाए, ‘तर, त्यसका लागि सरकारको मात्र मुख ताकेर हुन्न । हामीले पनि आ आफ्नो ठाँउबाट त्यतिकै पहल गर्नुपर्छ । पोखरामा फुटबलको रंगशाला, क्रिकेटको मैदान, स्क्वाक्स, टेनिस कोर्ट, ह्यान्डबल, आर्चरी, ब्याडमिन्टन, कभर्ड हल कति बनिसकेका छन्, कति बन्ने क्रममा छन् । यातायात र होटलको सुविधा राम्रो छ । अन्तर्राष्ट्रिय विमास्थल बन्दैछ । यसबाट पनि हामी पोखरा खेलकुद सहर बन्ने अनुमान गर्न सक्छौं ।’

खेलकुदका लागि उत्कृष्ट माहोल, भौतिक सुविधा र प्राकृतिक बनाउटका कारण पनि पोखरा अन्तर्राष्ट्रिय स्तरकै सहर बन्न सक्ने उनको ठम्माइ छ । ‘माछापुच्छ«े हिमाल हेरेर खेल्न पाउने अर्को कुन ठाउँ छ,’ उनी भन्छन्, ‘पोखरामा खेलकुद रुचाउने ठूलो जमात छ । अलग अलग खेलमा रुची राख्नेहरु आआफ्नो तहमा विकासका लागि लागी पनि पर्नु भएको छ । यहाँको खेलकुद विकासका लागि धेरैको योगदान पनि छ । पोखरेलीले सरकारको मात्र मुख तोकका छैनन् । स्थानीयको भावना अनुरुप सरकारको पनि साथ रहने हो भने यहाँको खेलकुदको अवस्था अझै बदलिन सक्छ ।’

17077945_10155836756038032_440841584_n

युवा उद्येम हिमश्री फुड्सका निर्देशक प्रकाश केसी

केसी हिमश्रीसँगै माछापुच्छ«े बैंकमा, सिक्लेस र सेती हाइड्रो पावरको सञ्चालक समितिमा पनि छन् । आफ्ना अलग अलग व्यवसायका बारेमा केसी भन्छन्,‘सबैका आ आफ्नै विशेषता छन् । चाउचाउमा यति धेरै प्रतिस्पर्धा छ । तर, वर्षौदेखि चाउचाउको दरभाउ बढेको छैन । १८/२० मा अहिले पनि चाउचाउ किन्न पाउनु सामान्य विषय होइन । अन्य चिजको भाउ कहाँबाट कहाँ पुगिसक्यो । यो पनि देशका लागि चाउचाउ उत्पादकहरुको सहयोग नै हो ।’
हाइड्रोले पनि अन्ततः देशलाई नै बलियो बनाइरहेको उनको भनाइ छ । ‘हामीले साना साना योजना पूरा गरेर सरकारलाई नै दिने हो,’ उनले थपे, ‘अखिरमा यसले राज्यलाई नै बलियो बनाउँछ । हामी बलियो हुन पहिला राज्य बलियो हुनुपर्दछ । तर, प्राइभेट सेक्टरलाई लगानी गर्ने वातावरण बनाउने जिम्मा चाही सरकारकै हो ।’

व्यावसायिक हिसाबले जुन सुकै क्षेत्रमा हात हाले पनि सहाराले गर्दै आएको फुटबल गोल्डकपसँगको सहकार्य भने निरन्तर रहनेमा उनले आश्वस्त पारे । सहाराको एकेडेमीमा समेत व्यक्तिगत तहबाट आर्थिक र भौतिक सहयोग समेत गरेका केसी थप्छन्, ‘बिना स्वार्थ उहाँहरु रातदिन फुटबल, एकेडेमी र क्लब भनेर लाग्नुभएको छ स्थानीय हुनुको नाताले उहाँहरुलाई साथ दिनु हाम्रो कर्तव्य पनि हुन आउँछ, हामीले उहाँहरुको साथ जोड्ने प्रश्नै आउँदैन । यो निरन्तर अघि बढ्नेछ र देशका लागि एउटा उदहारण बन्नेछ । ’

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.