9 years ago
March 3, 2017
प्रकाश तिमल्सिना
काठमाडौं – माल्दिभ्सको टिसी स्पोर्टस्को पोष्ट सम्हाल्दै नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले बंगलादेशमा जारी शेख कमाल अन्तर्राष्ट्रिय क्लब कपको लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीविरुद्धको सेमिफाइनलमा आफु दबाबबीच खेलको बताएका छन् ।

टिसी फुटबल क्लबका प्रशिक्षकका साथ गोलकिपर किरण ।
फागुन १६ भएको सेमिफाइनलमा किरणको पूर्व क्लब मनाङलाई हराउँदै १–० टिसी स्पोर्टस् फाइनल पुगेको थियो । आज साझ किरणको टोली र कोरियाली क्लबीच फाइनल हुँदैछ । ‘पूर्व क्लबविरुद्ध खेल्नु पर्ने भएकोले मलाई एक खालको दबाब थियो । क्लबका अफिसियलहरुले खुलेर नभने पनि शंकाको नजरमा हरेका थिए । त्यसबाट पनि म माथि दबाब थियो’ किरणले हाम्रो खेलकुदसँग भने, ‘तर हामी व्यवसायिक फुटबल भावनाको धेरै ठूलो अर्थ हुन्न । जुन क्लबबाट खेलिन्छ त्यो समय त्यसैमा प्रतिबद्ध रहनुपर्छ । मैले त्यहि गरे । सोचे जस्तै खेले । आउने दिनका लागि पनि त्यो प्रदर्शनले राम्रो गर्यो भन्ने लाग्छ ।’
किरणले मनाङका निश्चित दुई गोल बचाएका थिए । दोस्रो हाफको सुरुआततिर रोहित चन्दको हेडर अन्त्यतिर ओलाडिपो ओलावाले अफिजले नजिकबाट गरेको प्रहारलाई रोक्दै किरणले टोलीको अग्रतालाई जोगाइ राखे र टोली फाइनल पुग्यो । किरण सेमिफाइनलमा म्यान अफ दी म्याच पनि बनेका थिए । दबाबका बीच पनि राम्रो खेल्न सजिलो थियो त भन्ने प्रश्नमा उनको जवाफ थियो ‘सहज थिएन । तर खेल्दा खेल्दा अनुभवले खारिदै लाने रहेछ । खेल जीवनको प्रारम्भमा अलि जोश हुन्थ्यो, हतारिदा गल्ति पनि हुन्थ्यो । अब धेरै खेल्दा खेल्दै ‘कुल’ भइयो जस्तो लाग्छ । अनुभवको काम आउँछ भन्नेको सायद यस्तै होला । अब केही परिपक्वता पनि आएजस्तो लाग्छ ।’ उनले रोहित र आफिज दुवैको प्रहार रोक्नु सक्नु ‘पोजिसन’ मा हुनुनै मुख्य कारण भएको बताए । ‘दुवै जनाको प्रहार उत्कृष्ट थियो,’ उनले स्मरण गरे,‘संयोगले म पोजिसनमा थिए, अलि कतिपनि दायाँ बायाँ हुन्थ्यो भने सायद गोल हुन्थ्यो । फुटबलमा पोजिसन र टाइमिङको महत्वपूर्ण हुन्छ ।’
किरण पुसको अन्त्यमा माल्दिभ्स जानुअघि मनाङबाटै फुटबल खेल्थे । उनी लामो समय रुस्लान थ्री स्टारमा आबद्ध थिए । गत बर्षमा उनी थ्री स्टारबाट मनाङ पुगेका थिए । नेपालका नम्बर एक गोलकिपर किरणले मनाङविरुद्धको खेलमात्र होइन पटक पटक आफुलाई राष्ट्रिय टोलीबाट पनि प्रमाणित गरिसकेका छन् । कात्तिक अन्तिममा मलेसियामा भएको एएफसी सोलिडारिटी कप जित्दा उच्च प्रदर्शन गर्नेमध्ये किरण पनि एक थिए ।
सोलिडारिटी कपमा लाउस विरुद्धको टाइब्रेकरमा उनीले दुई वटा पेनाल्टी रोकेका थिए । फाइनलमा सुजल श्रेष्ठको गोलमा मकाउलाई १–० ले हराएर सोलिडारिटी कप च्याम्पियन बनेर फर्केको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]