default_image

7 years ago

March 3, 2017

आर्मी र संकटा एकअर्कासँग तेस्रो पटक फाइनल खेल्ने तयारीमा

प्रकाश तिमल्सिना /दिपक न्यौपाने बुटबल – यो बर्ष नकआउट फुटबलमा सर्वाधिक फाइनल खेल्ने मध्येका दुई टोली त्रिभुवन आर्मी क्लब र सिएजमी क्लब संकटा फेरी एकपटक फाइनलमै आमने सामने हुँदैछन् । यी दुई ए डिभिजन टोलीबीच शनिबार देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भेट हुँदैछ । यो बर्ष आर्मी सातौं र […]

23 views

0 Bookmark

प्रकाश तिमल्सिना /दिपक न्यौपाने
बुटबल – यो बर्ष नकआउट फुटबलमा सर्वाधिक फाइनल खेल्ने मध्येका दुई टोली त्रिभुवन आर्मी क्लब र सिएजमी क्लब संकटा फेरी एकपटक फाइनलमै आमने सामने हुँदैछन् । यी दुई ए डिभिजन टोलीबीच शनिबार देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भेट हुँदैछ ।

sankata-vs-army
यो बर्ष आर्मी सातौं र संकटा पाँचौं पटक फाइनल खेल्ने तयारीमा जुटेका छन् । घरेलु फुटबलको नकआउट प्रतियोगितामा अर्को सर्वाधिक फाइनल खेल्ने लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब हो । मनाङले पाँचवटा फाइनल खेल्दा आहा सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप, आहा रारा गोल्डकप र रमपम झापा गोल्ड कप गरि लगातार तीन वटा उपाधि जितेको थियो ।

यो बर्ष संकटा र आर्मी शनिबार पाँचौं पटक सामना गर्दैछन् । अहिले सम्मका चार भेटमा तीन पटक संकटा र एक पटकमात्र आर्मी विजयी भएको थियो । फाइनलमा मात्र यी दुई टोलीबीच तेस्रो पटक भेट हुँदैछ । अघिल्ला दुवै फाइनलमा संकटा विजयी भएको थियो । चितवनमा भएको विकास रनिङ शिल्ड र गत महिला रुस्लान सिमरा गोल्ड कप दुवैमा संकटाले आर्मीलाई हराएको थियो । खप्तड गोल्डकपमा पहिलो खेलमै संकटासँग पराजित भएको आर्मीले टुेबोर्ग हेटौडा गोल्डकपमा भने संकटालाई माथ दिएको थियो ।

संकटासँगको हारको सिलसिला अब रोकिने आर्मीका प्रशिक्षक नवीन न्यौपानेले विश्वास व्यक्त गरेका छन् । ‘ संकटा पछिल्लो सयम राम्रो खेलिरहेको टोली हो । यो बर्ष चार पटक संकटासँग खेल्दा तीनवटामा हारेका छौं ’ न्यौपानलेले प्रि म्याच कन्फ्रेन्समा शुक्रबार भने,‘अब हामी यो सिलसिला रोक्न चाहन्छौं । हामीले यो प्रतियोगितामा जसरी खेलिरहेका छौं त्यसबाट पनि हामी यो पटक जित्र्छौं भन्ने विश्वास लिएका छौं।’ यसअघिका ६ फाइनल खेल्दा आर्मीले तीनमा उपाधि जितेको थियो । चितवनमै नेपाल कप जितेको आर्मीले त्यसपछि दुहवी गोल्डकप र हेटौडामा उपाधि जितेको थियो । विकास रनिङ शिल्ड, सातौं राष्ट्रिय खेलकुद र सिमरा गोल्डकपमा टोली फाइनलमा पराजित भएको थियो ।

यता बर्षका दुई उपाधि आर्मीलाई हराएर जितेको संकटा ह्याट्रिक गर्नेमा आशावादी छ । ‘हामीले दुईवटा उपाधि आर्मीलाई हराएर जितेका छौं ’ संकटाका व्यवस्थापक राजेश ताुलाधरले भने, ‘अब शनिबार पनि जितेर हामी ह्याट्रिक गर्न चाहन्छौं । हामीले यहाँ जसरी खेलेका छौं, त्यसका आधारमा जित्न नसक्ने केही छैन । यद्दपी आर्मीले पनि उच्च प्रदर्शन गरिरहेको छ । आर्मीलाई हामीले हल्का लिएका छैनौं ।’

भरत खवास, नवयुग श्रेष्ठ र गोलकिपर विकेस कुथुसहित ६ खेलाडी राष्ट्रिय टोलीका प्रशिक्षणमा रहेका न्यौपानेसँग टोलीका अन्य खेलाडी मौका दिने बाहेकेको विकल्प छैन । ‘यसअघि वैकल्पिक रुपमा खेल्ने खेलाडीले पनि यहाँ राम्रो गरिरहेका छन्’ न्यौपानेले भने, ‘यसअघिका खेलका प्रदर्शनलाई उनीहरुले फाइनलमा पनि कायम राख्नेछन् ।’ गत बर्षको विजेता आयोजक अग्नी रुपन्देहीलाई टाइब्रेकरमा हराउँदै आर्मीले फाइनलको यात्रा तय गरेको थियो । गत बर्ष आर्मी तिलोत्तमामा उपविजेता बनेर फर्केको थियो ।

आर्मीका कप्तान हिरण्य मगर पनि संकटासँग खेल्न कुनै दबाब नरहेको बताउँछन् । ‘हो हामीले पछिल्ला केही खेलमा संकटासँग हारेका छौं’ उनले भने, ‘अब नयाँ परिस्थितिमा आइसकेका छौं । ६ जना नहुँदा पनि हामीले राम्रो गरिरहेका छौं, यस हिसाबले फाइनल पनि जित्छौं भन्नेमा विश्वस्त छौं ।’

विकास रनिङ र सिमरा गोल्डकप जितेको संकटा खप्तड र फागुन १४ गतेको बुढासुब्बा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । संकटाका कप्तान अमित तामाङले आर्मीलाई हल्का रुपमा नलिने र आफ्नो स्वभाविक प्रदर्शनबाट जित्ने विश्वास व्यक्त गरे । ‘आर्मीलाई यसअघि हराएका कारण हाम्रो मनोबल उच्च छ’ उनले भने , ‘आशा गरौं भोलीको फाइनल रोमाञ्चक हुनेछ र हामी उपाधि जित्न सफल हुनेछौं ।’
यहाँ भने आर्मी भारतको युनाइटेड सिक्किमलाई ८–० ले हराउँदै यात्रा सुरु गरेको थियो भने क्वार्टरफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलार्य ३–१ ले निराश पारेको थियो । सेमिफाइनलमा आयोजकलाई हराउन भने टोलीले टाइब्रेकरसम्म कुर्नपरेको थियो । क्वार्टरफाइनलमा एपिएफलाई ३–१ ले निराश पारेको संकटाले हिमालयन शेर्पालाई २–१ ले हराउँदै फाइनल पुगेको थियो ।

दुवै टोलीले रुपन्देही फुटबल संंघको व्यवस्थापनको भने खुलेर प्रशंसा गरेका छन् । ‘यहाँको व्यवस्थापन एकदमै राम्रो लाग्यो’ आर्मीका प्रशिक्षक न्यौपानेले भने, ‘तर यहाँ पहिलो सेमिफाइनलमा अस्थाई प्यारापिट ढल्यो,’ उनले भने, ‘आउने बर्षमा यस्ता विषयमा ध्यान दिनु होला , बाँकी व्यवस्थापनमा खोट लगाउने ठाँउ छैन ।’ आर्मी र पुलिसबीचको क्वार्टरफाइनलमा एउटा अस्थाई प्यारापिट ढलेको थियो । त्यसबाट कुनै क्षेति भने भएन ।
मोसफलकै प्रतिष्ठित गोल्डकप मध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भएपनि पटक पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्र्यो । गत बर्षबाट प्रतियोगिताले पुनः निरन्तरता पाएको छ । यसपटक प्रतियोगितालाई अग्नी सिमेन्टले मुख्य प्रायोजन गरेको छ ।

बुटवल उप महानगरपालिकाको संरक्षणमा संचालन हुने प्रतियोगितालाई करेन्ट मसला र हुवाइ मोबाइल सहयोग प्रायोजन गरेका छन् । त्यस्तै अखिल नेपाल फुटबल सघं (एन्फा), राष्ट्रिय खेलकुद परिषद (राखेप) र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् । तिलोत्तमा गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

sankata-vs-army-jpg-1

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.