9 years ago
March 3, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत समूह ‘एफ’को पहिलो खेलमा नेपालले फिलिपिन्सको सामना गर्दैछ। फिलिप्न्सको मनिला स्थित रिजाल मेमोरियल रंगशालामा आगामी चैत्र १५ गते हुने खेलको तयारीमा नेपाली टोलि विगत ३ सातायता प्रशिक्षणरत छ।

जापानी प्रशिक्षक ग्योतोकु कोजीले सोलिडारिटी कप जित्दाको २३ र नयाँ १३ गरि कुल ३६ खेलाडीलाइ प्रारम्भिक छनोटका लागि बोलाएका थिए। तर चोटका कारण ६ खेलाडी विश्राममा रहेकाले प्रशिक्षक कोजीको फिलिपिन्स संग हुने खेलको तयारीमा केहि असर परेको छ। टोलीमा मुख्य भूमिका निभाउने सम्भावना रहेका खेलाडी घाइते हुदा नेपाली टोलीको प्रशिक्षण सोचेअनुरुप हुन सकेको छैन। मनाङ मर्स्याङदी क्लबका १० खेलाडी प्रशिक्षणमा ढिला आउनुले पनि केहि असहजता देखिएको थियो।
फरवार्ड नवयुग श्रेष्ठ, मिडफिल्डर हेमन गुरुङ, डिफेन्डर आदित्य चौधरी र विङ्गर सुमन लामा चोटका कारण प्रशिक्षणबाट विश्राममा रहेका छन्। अबको तिन सातामा फिलिपिन्स प्रस्थान गर्ने टोलीमा यी चारै खेलाडीहरुको सहभागिता हुने सम्भावना कम रहेको छ। टाउकोमा चोट लागेका कारण २ साता प्रशिक्षण छुटाएका विकेश कुथु भने पूर्ण रुपमा फिट भइसकेका छन्।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]