default_image

9 years ago

March 3, 2017

टि.सी. स्पोर्ट्सलाइ शेख कमलको उपाधि

142 views

0 Bookmark

चितगोङ (हाम्रो खेलकुद) – बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७को उपाधि माल्दिभ्सको ट्रष्ट एण्ड केयर (टि.सी.)स्पोर्ट्स क्लबले जितेको छ शुक्रबार भएको फाइनल खेलमा टि.सी. स्पोर्टसले दक्षिण कोरियाली टोलि पोचीओन सिटिजनलाइ टाइब्रेकरमा ४-२ ले पराजित गर्दै उपाधि जितेको होनिर्धारित ९० मिनेट २-२ गोलको बराबरी र त्यसपछि थप गरिएको ३० मिनेटमा गोल नभएपछि उपाधिको छिनोफानो टाइब्रेकरबाट भएको थियो

kiran-tc-sports-trophy

टाइब्रेकरमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण कुमार लिम्बु (चेम्जोङ)ले उत्कृष्ट प्रदर्शन गरेपछि माल्दिभ्सको टि.सी. स्पोर्ट्स क्लबले उपाधि उचालेको थियोकिरणले पोचीओन सिटिजनको दुइ पेनाल्टी प्रहार रोकेका थिए टाइब्रेकरमा कोरियाली टोलीको पहिलो र चौथो प्रहरलाइ किरणले रोकेका थिए भने टि.सी स्पोर्ट्सको सबै प्रहर गोलमा परिणत भएको थियो

सेमिफाइनलमा नेपाली टोली मनाङ मर्स्याङदीलाई १-०ले हराउदै फाइनल पुगेको टि.सी स्पोर्ट्स प्रतियोगिता अवधिभर अपराजित रह्यो। समूह चरणमा एक जित र दुइ बराबरी गरेको टि.सी स्पोर्ट्स समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो।

यस जितसंगै टि.सी स्पोर्ट्सले ३०,००० अमेरिकी डलर प्राप्त गरेको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.