default_image

9 years ago

March 4, 2017

संकटाको ह्याट्रिक यात्रामा आर्मी बाधक बन्न सक्ला ?

130 views

0 Bookmark

प्रकाश तिमल्सिना /दिपक न्यौपाने

बुटवल– विभागिय टोली लगातार दोस्रो बर्ष तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल्ने तयारीमा छ । गत बर्ष आयोजक अग्नी रुपन्देही ११ सँग फाइनलमा ३–१ ले पराजित आर्मीले यसपटक आयोजक टोलीलाई सेमिफाइनलमै राकेर अघि बढेको थियो ।

17105912_10155842731858032_1941164115_o

आयोजकलाई पार लगाउँदै अघि बढेपनि आर्मीलाई केही दबाब भने पक्कै हुनेछ । कारण फाइनलमा यसपटक प्रतिद्वन्द्विका रुपमा अर्को ए डिभिजन टोली सिएमजी क्लब संकटा रहेको छ । संकटा त्यहि टोली हो जसले बर्षका दुई उपाधि जित्दा दुवै पटक आर्मीलाई नै निराश पारेको थियो । संकटाले चितवनमा विकास रनिङ शिल्ड र रुस्लान सिमरा गोल्ड कप जित्दा आर्मीलाई नै हराएको थियो ।

यो बर्ष संकटा पाँचौं फाइनल खेल्ने तयारीमा छ । सुदूरपश्चिम खप्तड गोल्डकप र बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा भने संकटा पराजित भएको थियो । यो बर्ष आर्मीसँगका चार भेटमा दुई फाइनलसहित ३ खेलमा संकटा विजयी भएको थियो भने एक खेलमा मात्र आर्मी विजयी भएको थियो । टुबोर्ग हेटौडा गोल्डकपमा च्याम्पियन बन्ने क्रममा आर्मीले संकटालाई पहिलो खेलमै निराश पारेको थियो । संकटासँगको नतिजा सन्तोषजनक नभएपनि आर्मी यो बर्ष उच्च प्रदर्शन गर्ने टोलीमा पर्दछ । चितवनमै नेपाल कप जितेको आर्मीले दुहबी गोल्डकप र टुबोर्ग हेटौडा गोल्डकप जितेको थियो ।

तिलोत्तमा गोल्डकप आर्मीको यो बर्षको सातौं फाइनल हो । संकटासँगको हारको बदला लिदै आर्मी च्याम्पियन बन्ला वा आर्मीलाई नै हराउँदै संकटाले उपाधिमा ह्याट्रिक गर्ला शनिबार साँझसम्म त्यसको झिनोफानो हुनेछ । यहाँ भने आर्मी भारतको युनाइटेड सिक्किमलाई ८–० ले हराउँदै यात्रा सुरु गरेको थियो भने क्वार्टरफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले निराश पारेको थियो । अग्नी रुपन्देहीलाई हराउन भने आर्मीले टाइब्रेकरसम्म कुर्नुपरेको थियो । क्वार्टरफाइनलमा एपिएफलाई ३–१ ले निराश पारेको संकटाले हिमालयन शेर्पालाई २–१ ले हराउँदै फाइनल पुगेको थियो ।

मोसफलकै प्रतिष्ठित गोल्डकप मध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भएपनि पटक पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्र्यो । गत बर्षबाट प्रतियोगिताले पुनः निरन्तरता पाएको छ । यसपटक प्रतियोगितालाई अग्नी सिमेन्टले मुख्य प्रायोजन गरेको छ । बुटवल उप महानगरपालिकाको संरक्षणमा संचालन हुने प्रतियोगितालाई करेन्ट मसला र हुवाइ मोबाइल सहयोग प्रायोजन गरेका छन् । त्यस्तै अखिल नेपाल फुटबल सघं (एन्फा), राष्ट्रिय खेलकुद परिषद (राखेप) र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् ।

तिलोत्तमा गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.