9 years ago
March 4, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – युरोपमा प्रशिक्षण गरिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइरकरद्वय विमल घर्ति मगर र अन्जन विष्ट सोमबार नेपाल आइपुग्ने भएका छन् ।

विमल बेल्जियममा प्रशिक्षण लिइरहेका थिए भने अन्जन स्पेनको मार्बेला युनाईटेड क्लबमा प्रशिक्षण गरिरकेका थिए । दुवै खेलाडी नेपालको एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गतको फिलिपिन्स विरुद्ध हुने पहिलो खेलको लागि तयारी गर्न स्वदेश फर्कने भएका हुन् ।
नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले ३ सातायता ३६ खेलाडीको प्रारम्भिक टोली छनोट गर्दै प्रशिक्षण सुरु गराइसकेका छन् । विमल र अन्जनले मंगलबारबाटै प्रशिक्षण सुरु गर्ने बताइएको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]