6 months ago
June 22, 2025
एजेन्सी – इन्टर मिलानले अमेरिकामा जारी फिफा क्लब विश्वकपको अन्तिम १६ मा पुग्ने सम्भावनालाई जीवित राखेको छ।
उरावा रेड डायमन्ड्सविरुद्ध २-१ को पुनरागमन गर्दै इन्टरले अघिल्लो चरणको आशालाई कायम राखेको हो ।
र्योमा वाटानाबेले ११औं मिनेटमा गोलले जापानी टोलीलाई अग्रता दिलाए । इन्टरले गोलका लागि संघर्ष गर्नुपर्यो ।
लउटारो मार्टिनेजको शानदार ओभरहेड किकमा ७८ औं मिनेटमा बराबरी गोल गरे। भ्यालेन्टिन कार्बोनीले इन्ज्युरी समयमा गोल गर्दै टोलीलाई जित दिलाए ।
उरावा प्रतियोगिताबाट बाहिरयो । समूह इमा इन्टर ४ अंकसहित शीर्ष स्थानमा छ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]