6 months ago
June 23, 2025
एजेन्सी – म्यानचेस्टर सिटी युएईको अल अइनलाई ६-० ले हराएसँगै क्लब विश्व कपको अन्तिम १६ पुगेको छ।
पेप गार्डिओलाको टोलीले पहिलो खेलमा विडाड एसीलाई हराएको थियो। समूह जीको शीर्ष स्थान सुरक्षित गर्न सिटीले अब युभेन्टसलाई हराउनु पर्ने हुन्छ । रियल म्याड्रिडको समूह एच को विजेता बन्ने देखिएकोले त्यसबाट जोगिन सिटीले समूह चरणको अन्तिम खेल जित्नुपर्ने हुन्छ छ।
युभेन्टस पनि लगातार दोस्रो जित निकाल्दै नटआउट चरणमा पुगिसकेको छ। युभेन्टसले विडाडलाई ४-१ ले हराएको थियो।
सोमवार सिटीले खेलको आठौँ मिनेटमै इल्काय गुन्डोगानको गोलमा अग्रता बनायो। क्लाउडियो एचेभेरीले २७ औं मिनेटमा पेनाल्टी बक्सको किनाराबाट उत्कृष्ट फ्रि-किकमा गोल गरे ।
पहिलो हाफम इन्ज्युरी समयमा रामी राबियाले बक्सभित्र म्यानुअल अकान्जीलाई लडाउन खोज्दा रेफ्रीले भिडियो रिभ्यु गरेपछि पेनाल्टी दिए। एर्लिङ हालान्डले पेनाल्टीलाई गोलमा परिणत गर्दै सिटीलाई ३-० को अग्रता दिलाए।
गुन्डोगानले ७३ औं मिनेटमा चिप गोल गर्दै टोलीका लागि चौथो गोल गरे। दोस्रो हाफमा मैदान प्रवेश गरेका ओस्कार बोबले ८४ औं मिनेटमा पोस्ट निजकबाट गोल गरे ।
अर्का परिवर्तित रायन चेरकीले खेल सकिन १ मिनेट बाँकी रहँदा क्लबका लागि पहिलो गोल गरे।
अल अइनले २०२४ को एसियाली च्याम्पियन्स लिग जितेर क्लब विश्वकपमा पुगेको थियो थियो।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]