6 months ago
June 24, 2025
एजेन्सी – युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) फिफा क्लब विश्वकप अन्तर्गत समूह बी को विजेता बन्दै अन्तिम १६ चरणमा अघि बढेको छ ।
पिएसजीले समूह चरणको अन्तिम खेलमा सिआटल साउन्डर्सलाई २-० ले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो । पिएसजीले खेलको ३५ औं मिनेटमा क्विचा क्वारात्क्षेलियाको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको ६७ औं मिनेटमा अक्रफ हाकिमीले अग्रता दोब्बर पारे ।
समूहको अर्को खेलमा एटलेटिको म्याड्रिडले बोटाफोगोलाई १-० ले पराजित गरेपछि पिएसजी समूह विजेता बनेको हो । एटलेटिकोले ८७ औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलमा अग्रता लिएको थियो । बोटाफोगो आफैं भने बराबरी मात्र खेलेको अवस्थामा पनि समूह विजेता बन्ने थियो ।
एटलेटिको भने जितका बाबजुद अर्को चरणमा अघि बढ्न सकेन । अंक तालिकामा पिएसजी, बोटाफोगो र एटलेटिकोको समान ६-६ अंक भएपनि गोलअन्तरका आधारमा पिएसजी शीर्षस्थानमा र बोटाफोगो समूह उपविजेता बन्दै अघि बढे । सिआटल भने अंकविहिन रहेर पुछारमा रहँदै बाहिरियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]