6 months ago
June 26, 2025
सुशील पन्त क्षेत्री, चितवन
डन एकेडेमी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज पहिलो सेमिफाइनलमा आदिकवि भानुभक्त माविलाई हराउँदै डन एकेडेमी उपाधि नजिक पुगेको हो ।
भरतपुर ७ कृष्णपुरको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा डन टाइब्रेकरमा ३-० ले विजयी भयो । उसको जितमा गोलकिपर राघव बराकोटी नायक बने । उनले टाइब्रेकरमा भानु माविको लगातर दुई प्रहार बचाएका थिए ।
टाइब्रेकरमा भानु माविको पहिलो प्रहार क्रस बारमा लागेको थियो भने दोस्रो र तेस्रो लगातार दुई प्रहार डनका किपरले रोकेका थिए ।

त्यस अघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । निर्धारित समयमा भानु माविले तुलनात्मक रुपमा बढी मौका पाए पनि सदुपयोग गर्न भने सकेन ।
डनका गोलकिपर राघव प्लेयर अफ दि म्याच भए । उनी लगातार क्वाटरफाइनल र सेमिफाइनलमा प्लेयर अफ दि म्याच भएका हुन् ।
डनले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि वाल्मीकी शिक्षा सदन र जनज्योति मावि भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा जारी प्रतियोगिताको फाइनल खेल असार १६ गते हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]