6 months ago
June 27, 2025
एजेन्सी – क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल-नसरसँग नयाँ दुई वर्षे सम्झौता गरेपछि अब उनले वार्षिक १ सय ७८ मिलियन पाउण्ड (नेपाली ३० अर्ब २६ करोड रुपैयाँ ) भन्दा बढी आम्दानी गर्ने निश्चित भएको छ।
केही हप्ता अघिसम्म साउदी क्लब अल-नसरसँगको उनको यात्रा समाप्त भएको संकेत गरिएको थियो ।रोनाल्डोले बिहीवार फेरि त्यही क्लबसँग दुई वर्षका लागि नयाँ सम्झौता गर्दै युरोपेली फुटबलमा फर्किने अडकलबाजीलाई पूर्णविराम दिएका छन्।
पछिल्ला दुई सिजनमा साउदी प्रो लिगमा सर्वाधिक गोलकर्ता भए पनि उनले क्लबलाई उपाधि दिलाउन सकेका छैनन्। निराशाजनक प्रदर्शनका कारण क्लब फिफा क्लब विश्वकपका लागि समेत छनोट हुन सकेन।

अल-नसरसँग लगातार असफल भएपछि रोनाल्डोले आफ्नो करिअरको बाँकी समय अन्य क्लबमा बिताउने सोच बनाएको जस्तो अनुमान गरिएको थियो । तर पछिल्लो केही हप्तामा परिस्थितिमा परिवर्तन आएको छ।
अल-नसरले सामाजिक सञ्जालमार्फत घोषणा गरेअनुसार, ‘क्रिस्टियानो रोनाल्डो अब सन् २०२७ सम्म अल नसरमा रहनेछन्।’ त्यससँगै उनको नयाँ सम्झौतासम्बन्धी विवरण पनि बाहिर आएको छ।
सन्चारमाध्यमका अनुसार, रोनाल्डोले अल-नसरसँग वार्षिक १ सय ७८ मिलियन पाउण्ड (झन्डै ४ सय मिलियन युरो वा झन्डै नेपाली ३० अर्ब २६ करोड ) बराबरको आम्दानी हुने गरी सम्झौता गरेका छन्। यो सम्झौतामा थुप्रै बोनस र सुविधा समावेश छन् ।
सम्झौताको मुख्य सर्त
सन् २०२३ मा साउदी अरब आएका रोनाल्डोपछि कैयौँ अन्तर्राष्ट्रिय खेलाडीहरू पनि तेलसम्पन्न देशको क्लबमा आकर्षित भएका छन्।

गत महिना साउदी प्रो लिगको सिजन समाप्त भएलगत्तै, अल-नसर उपाधि विहीन अवस्थामा तेस्रो स्थानमा रहँदा रोनाल्डोले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यो अध्याय समाप्त भयो।’
तर, साउदी फुटबलको विकासमा उनले खेलेको भूमिकालाई नजरअन्दाज गर्न सकिन्न। साउदी पब्लिक इन्भेस्टमेन्ट फण्ड (पिआइएफ) का एक अधिकारीले भनेका थिए,’पछिल्ला दुई वर्षमा साउदी लिगको विकासमा रोनाल्डोको उपस्थितिले महत्त्वपूर्ण भूमिका खेलेको छ। उनले उत्कृष्ट खेलाडी र नयाँ पुस्तालाई साउदी फुटबलमा आउने ढोका खोलेका छन्।’
पिआइएफ साउदी फुटबलमा ठूला लगानीहरू गर्ने सरकारी कोष हो, जसले अल-नसर, अल-हिलाल, अल-अहली जस्ता क्लबहरू सञ्चालन गर्छ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]